मार्तडी, १९ वैशाख । हुम्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिकामा केही दिन यता फैलिएको अज्ञात रोगका कारण दुई महिलाको मृत्यु भएको छ ।
हिमाली गाउँपालिका–५ क्युडीकी ४० वर्षीया सञ्चकला बुढा बुधबार मृत्यु भएको रुगिन स्वास्थ्यचौकीमा कार्यरत अनमी प्रेमकला मल्लले जानकारी दिए । उनका अनुसार सोही गाउँपालिका–५ नदापाटाकी ५० वर्षीया हैकला भण्डारीको सोमबार मृत्यु भएको बताए । क्युडीमा सामान्य रुघाखोकी, ज्वरोको प्रकोप फैलिएको स्थानीय छप्कीबहादुर बुढथापाले जानकारी दिए । उनका अनुसार गाउँमा ज्वरोका कारण नदापाटा र क्युडीका अधिकांश स्थानीय बिरामी परेका छन् ।
बिरामी भएका अधिकांशलाई सामान्य टाउको दुख्ने ज्वरो आउने बिरामी थला पर्ने र नाक, मुखबाट रगत आउनेजस्ता लक्षण देखापरेको बुढथापाको भनाइ छ । मृत्यु भएको खबर पाएपछि रुगिन स्वास्थ्य चौकी प्रमुख धनबहादुर फडेराको नेतृत्वमा आजै क्युडितिर स्वास्थ्यकर्मीको टोली गएको अनमी मल्लको भनाइ छ । जिल्ला सदरमुकाम मार्तडीबाट करीब ४० कोष पैदल दूरी पर्ने रुगिन स्वास्थ्य चौकीमा बिरामीको घुइँचो छ । स्वास्थ्य चौकीमा उपचार गर्दागर्दै दुई महिलाको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन ।
केही सातायता हिमाली गाउँपालिकाको छिमेकी जिल्ला हुम्लाको ताजाकोट गाउँपलिकामा महामारीका कारण आठ जनाको मृत्यु भएको थियो । बाजुरा जिल्लाको छिमेकी गाउँपालिकामा महामारी फैलाएपछि गाउँमा कतै महामारी नै होकी भन्नेमा स्थानीय त्रसित बनेका छन् ।
यता हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धर्मदत्त बुढाले स्थानीयको सामाजिक र व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा रोगको सङ्क्रमण बढेको हुन सक्ने बताए । रोगको सङ्क्रमण फैलिएको उक्त क्षेत्रमा उपचारका लागि खटिएको रुगिन स्वास्थ्य चौकी प्रमुख पठाइएको शाखा प्रमुख बुढाको भनाइ छ । छिमेकी जिल्लाका अज्ञात रोग आएकाले गाउँपालिकावासीलाई सतर्कता अपनाउन बुढाले आग्रह गरे ।
Related News
सम्बन्धित समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना फेरि सुरु
पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९