भवन शिलान्यास गर्न कार्यक्रमस्थलमा पुग्दा स्थानीयले विरोध गरेपछि नगर प्रमुख घिमिरे मञ्चमै नपुगी फर्किए।
बुटवल, १८ वैशाख। देशभरी सार्वजनिक जग्गा हडप्नेको विवरण सार्वजनिक भैरहँदा सर्वसाधारणहरुमा पनि सार्वजनिक जग्गा संरक्षणमा चासो बढेको छ।
उनीहरुले सार्वजनिक जग्गा मनपरि वितरण गर्ने स्थानीय सरकारलाई पनि चुनौती दिन थालेका छन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थानीयले एक व्यापारिक संस्थालाई दिईएको जग्गामा भवन शिलान्यास गर्नै खोज्दा अवरुद्ध गरेका हुन्।
तिलोत्तमा व्यापार संघले वडा ५ मा बुधबार बिहान सचिवालय भवन शिलान्यास गर्न लागेकोमा सो कार्य स्थानीयले रोकेका छन्।
संघले शिलान्यासका लागि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख (मेयर) वासुदेव घिमिरेलाई प्रमुख अतिथिका रुपमा बोलाएको थियो।
तर कार्यक्रमस्थलमा पुग्दा स्थानीयले विरोध गरेपछि नगर प्रमुख घिमिरे मञ्चमै नपुगी फर्किए। स्थानीयले सार्वजनिक जग्गा संघसंस्थालाई हडप्न नदिने भन्दै नाराबाजी गरेका थिए।
उनीहरूले संस्थालाई भवनका लागि जग्गा दिँदा टोल कमिटीसँग समेत छलफल नगरेको आरोप लगाए। स्थानीय काशिनाथ पाण्डेले वडा ५ मा गाडेर्नसहितको वृद्धाश्रम बनाउने भनिएकोमा अहिले संघसंस्थालाई जग्गा दिएका कारण विरोध गरिएको बताए। तीन वर्षअघि जनप्रतिनिधि नआउँदा नै सर्वदलीय बैठकले संघलाई वडा ५ मा १५ कठ्ठा जग्गा दिने निर्णय गरेको तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कँडेलले बताए।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
hero news full width
मुख्य समाचार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९