पोखरा, १८ वैशाख। यस वर्षको ‘टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार ऋषिराम बराललाई प्रदान गरिने भएको छ।
पत्रकारितामार्फत् समाज रुपान्तरणमा उल्लेख्य भूमिका खेलेकोमा सो पुरस्कार उनलाई प्रदान गरिने निर्णय गरिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए।
आदर्श समाज र दी हिमालयन टाइम्समा कार्यरत पत्रकार बराल पोखरामा दुई दशक बढी समयदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन्।
उनी www.eadarsha.com का कार्यकारी सम्पादक हुन्।
पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा पोखरा–५ निवासी सुवर्णप्रसाद कोइराला परिवारजनद्वारा स्थापित सो पुरस्कारको राशि २५ हजार र सम्मानपत्र रहेको छ।
प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुली संयोजक तथा पत्रकार रमेश पौडेल, जमुना वर्षा शर्मा सदस्य र महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सेना पदेनसदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई महासंघको बुधबारको बैठकले अनुमोदन गरेको हो। राष्ट्रिय पत्रकारिता दिवस अवसरमा सो पुरस्कार वैशाख २४ गते पत्रकार महासंघमा आयोजित समारोहमा अर्पण गरिने जनाइएको छ।
पोखरा–१३ आर्वाविजय स्थायी घर भएका बरालले २०५६ सालदेखि आदर्श समाज दैनिकबाट पत्रकारिता शुरुआत गरेका थिए।
Related News
सम्बन्धित समाचार
सिद्धार्थ क्लबद्वारा शैक्षिक सामग्री वितरण
विद्यापीठमा बधाई तथा शुभकामना
पोखरा १३ का संस्थागत विद्यालयले बुझाए छात्रावृत्ति विवरण
सहिद स्मारक आविमा वृक्षरोपण
गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
hero news full width
मुख्य समाचार
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
जेठ २७, २०८०कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०