मृगौलापीडित पुनलाई आर्थिक सहयोग

एजेन्सी
वैशाख १९, २०७६
help (1)_Fotor

पोखरा, १८ वैशाख। दुवै मृगौलामा समस्या आई उपचार गरिरहेकी पोखरा–३३ स्थित सरस्वती टीका मावि कक्षा ७ की छात्रा कल्पना पुनलाई विद्यालयतर्फबाट आर्थिक सहयोग गरिएको छ।

विद्यालयका शिक्षक तथा विद्यार्थीको सहयोगमा संकलित २८ हजार रुपैयाँ सहयोग रकम विद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्ले र सहायक प्रधानाध्यापक श्रीधर आचार्यले पुन उपचारत गण्डकी अस्पतालमा नै पुगी उनका बुबा वीरबहादुरलाई हस्तान्तरण गरेका हुन्।

बाह्र वर्षकै कलिलो उमेरमा कल्पनाका दुवै मृगौलामा समस्या आएपछि यतिखेर उनका बाबु वीरबहादुर यतिखेर ठूलो चिन्तामा छन्। कल्पनाको पोखरास्थित गण्डकी हस्पिटलको मेडिकलमा उपचार भइरहेको छ।

म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट स्थायी बसेवास भई हाल पोखरा महानगरपालिका–३३ भरतपोखरीको तिक्लाङ बसी दैनिक मजदुरीबाट जीवनयापन गर्दै आएका वीरबहादुर र उनकी श्रीमती सीतालाई यतिखेर छोरीको उपचार कसरी गर्ने हो भन्ने चिन्ताले सताइरहेको छ।

“छोरीको उपचारमा अहिलेसम्म १० लाख रुपैयाँ जति खर्च लागिसक्यो, यही पनि ऋण धन तथा आफन्तको सहयोगबाट गरेका हौं, ” उनले भने, “खै डाक्टरले सम्पूर्ण उपचार गर्न अझै २५ लाख रुपैयाँ बढी लाग्ने भनेका छन्, उपचार खर्च कसरी जुटाउने हो हामी निकै अन्यौलमा छौं। ”

डाक्टरले आफन्तबाट नै मृगौला प्रत्यारोपण गर्न पाएमा भने केही खर्च कम लाग्ने भनेको उनले सुनाए।

सहयोग पाए छोरीलाई बचाउन सकिने आशा रहेको बताउँदै वीरबहादुरले सहयोग दातालाई आफ्नो मोवाइल नं ९८२५१४२१२० मा सम्पर्क गरेर वा मुक्तिनाथ विकास बैंकको ००५२१६००३६५१९००००००१ नं खातामा सहयोग गरिदिन अनुरोध गरेका छन्।

उनका दुई दिदी र एक भाइ सोही विद्यालयमा नै पढ्छन्।

Related News

सम्बन्धित समाचार

  • सिद्धार्थ क्लबद्वारा शैक्षिक सामग्री वितरण

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८०
    पोखरा । सिद्धार्थ क्लब पोखराले बाल शैक्षिक कार्यक्रमअन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ…
  • विद्यापीठमा बधाई तथा शुभकामना

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८०
    पोखरा । विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखरामा पदोन्नति एवम् विद्यावारिधी गर्नुभएका प्राध्यापकहरूलाई एक कार्यक्रमका बीच बिहीबार बधाई तथा शुभकामना व्यक्त गरिएको…
  • पोखरा १३ का संस्थागत विद्यालयले बुझाए छात्रावृत्ति विवरण

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ भित्र सञ्चालित संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग विहीबार वडा कार्यालयले छात्रावृत्ति विषयमा अन्तरक्रिया…
  • सहिद स्मारक आविमा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८०
    पोखरा । पोखरा महानगरपालिकामा रहेको सहिद स्मारक आधारभूत विद्यालयको परिसरमा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण गरिएको छ । गण्डकी प्रदेश…
  • गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८०
    पोखरा । गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्समा बिहीबारदेखि ‘नवौं जिसिइएस आइटी एक्स्पो–२०८०’ सुरु भएको छ । विद्यार्थीको प्रतिभा तथा…

hero news full width