पोखरा, १८ वैशाख। पोखरामा लामो समय पत्रकारिता गरी हाल अमेरिकामा रहेका पत्रकार शिव शर्मा चञ्चललाई नेजा सामुदायिक पत्रकारिता पुरस्कार दिइने भएको छ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले हरेक २ वर्षमा प्रदान गर्दै आएको सो पुरस्कार यसपटक शर्मालाई दिने निर्णय गरेको हो।
अमेरिकी नेपाली समुदायमा नेपालमूलका सञ्चारकर्मीद्वारा लेखिएको खोजमूलक समाचारमध्ये उत्कृष्ट छनोट गरिँदै आएकोमा शर्माको कान्तिपुर साप्ताहिकमा प्रकाशित ‘अमेरिकाका ग्यास स्टेशनमा जोखिम : बन्दूकको निसानामा नेपाली’ शीर्षकको समाचार उत्कृष्ट छनोट भएको हो।
पुरस्कारका लागि गठित समितिले आह्वान गरेअनुरुप प्राप्त एक दर्जन आवेदकमा विभिन्न मापदण्ड आधारमा छुट्टाछुट्टै मूल्यांकनमा उनको रिपोर्टिङ उत्कृष्ट ठहरिएको हो।
सो पुरस्कार नेजाको मे ५ तारेखमा अमेरिकाको टेक्सास डलासमा आयोजना गरिने १३ औं साधारणसभा अवसरमा वितरण गरिने छ। पुरस्कार राशि एक हजार एक सय ११ डलर अर्थात नेपाली रुपैयाँ करिब १ लाख २३ हजार र प्रमाणपत्र रहेको छ।
नेजाका महासचिव किरण मरहठ्ठाको संयोजकत्वमा ज्योति देवकोटा र होमप्रसाद लम्साल सदस्य रहेको समिति गठन गरिएको जनाइएको छ।
सो पुरस्कार यसअघि शिवप्रसाद र दिनेश कार्कीलाई संयुक्त दिइएको थियो।
पुरस्कार आफूलाई दिने निर्णयप्रति खुसी व्यक्त गर्दै पत्रकार शर्माले प्रवासमा भए पनि पत्रकारितामा लाग्न थप जिम्मेवारी र चुनौती थपिएको प्रतिक्रिया दिएका छन्।
Related News
सम्बन्धित समाचार
सिद्धार्थ क्लबद्वारा शैक्षिक सामग्री वितरण
विद्यापीठमा बधाई तथा शुभकामना
पोखरा १३ का संस्थागत विद्यालयले बुझाए छात्रावृत्ति विवरण
सहिद स्मारक आविमा वृक्षरोपण
गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
hero news full width
मुख्य समाचार
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०