बुटवल १८ बैशाख । देशभरी सार्वजनिक जग्गा हडप्नेहरुको विवारण सार्वजनिक भैरहेका वेला सर्वसाधारणमा पनि सार्वजनिक जग्गा संरक्षणमा चासो बढेको छ । उनीहरुले सार्वजनिक जग्गा मनपरी वितरण गर्ने स्थानीय सरकारलाई पनि चुनौती दिन थालेका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थानीयले एक व्यापारिक संस्थालाई दिइएको जग्गामा भवन शिलान्यास गर्नै खोज्दा अवरुद्ध गरेका हुन् ।
तिलोत्तमा व्यापार संघले वडा नम्बर ५ मा बुधाबार विहान शिलान्यास गर्न लागेको सचिवालय भवन स्थानीयले रोकेका छन् । संघले शिलान्यासका लागि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख (मेयर) वासुदेव घिमिरेलाई प्रमुख अतिथिका रुपमा बोलाएको थियो । तर कार्यक्रमस्थलमा पुग्दा स्थानीयले विरोध गरेपछि नगर प्रमुख घिमिरे मञ्चमै नपुगी फर्किएका छन् । स्थानीयले सार्वजनिक जग्गा संघसंस्थालाई हडप्न नदिने भन्दै नारावाजी गरेका थिए ।
उनीहरूले संस्थालाई भवनका लागि जग्गा दिदा टोल कमिटीसग समेत छलफल नगरेको आरोप लगाए । स्थानीय काशीनाथ पाण्डेले वडा नम्बर ५ मा गार्डेन सहितको बृद्धाश्रम बनाउने भनिएको भएपनि अहिले संघसंस्थालाई जग्गा दिएका कारण विरोध गरिएको बताए । तीन वर्षअघि जनप्रतिनिधि नआउदा नै सर्वदलीय बैठकले संघलाई वडा नम्बर ५ मा १५ कठ्ठा जग्गा दिने निर्णय गरेको तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कँडेलले बताए ।
Related News
सम्बन्धित समाचार
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
ओटेफको स्थापना दिवसमा बटुक र ज्येष्ठ नागरिकलाई भोजन
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९