दाङ, १८ वैशाख । नेकपाका नेता चढेको कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार चार जना घाइते भएका छन् ।
दाङबाट बुटवल जाँदै गरेको बा १९ च १३३ नम्बरको कार बुधवार विहान दाङ र अर्घाखाँचीको सीमा क्षेत्रमा दुर्घटना हुँदा नेकपाका प्रदेश कमिटी सदस्य, युवा संघका नेता सहित चार जना घाइते भएका हुन् । दुर्घटनामा युवा संघ प्रदेश ५ का अध्यक्ष मनोहर बुढाथोकी, प्रदेश सदस्य लक्ष्मण शर्मा, शिवकुमार आचार्य, शिवानन्द गिरी घाइते भएका छन्।
पूर्व पश्चिम राजमार्गको शितगंगा नगरपालिका–८ अर्घाखाँचीमा कार र ट्रक ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। नेकपाका नेताहरु चढेको बा १९ च १३३ नम्बरको कारलाई नारायणघाटबाट दाङको घोराही जादै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रकले ठक्कर दिएको थियो। घाइते सबै जनालाई दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
Related News
सम्बन्धित समाचार
बसको ठक्करबाट बालकको मृत्यु
म्याग्दीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु ,तीन बेपत्ता
माइक्रो दुर्घटनामा १८ घाइते
नवलपुरमा डुबेर दुई बच्चाको निधन, नारायणी नदीमा खसेका एक जनाको उद्दार
कावासोतीमा बस पल्टियो ११ जना घाइते
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९