काठमाडौँ, १८ वैशाख ।नेपाल गुणस्तर तथा नापतौल विभागले नौ नयाँ सामग्रीको नेपाल गुणस्तर निर्धारण गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा मङ्गलबार मन्त्रालयमा बसेको नेपाल गुणस्तर परिषद्को १००औँ बैठकले नौ सामग्रीमा नेपाल गुणस्तर निर्धारण गरेको हो ।
विभागले नेपाली हातेकागज, विद्युतीय सामग्री सुरक्षासम्बन्धी साधारण आवश्यकता, इन्डक्सन चुल्हो उपयोगितासम्बन्धी आवश्यकता, विद्युतीय हर्टप्लेट, प्रयोगशालासम्बन्धी मापदण्ड, हार्डकोल एण्ड कोकलगायतका सामग्रीमा गुणस्तर निर्धारण गरेको हो ।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक एवं नेपाल गुणस्तर परिषद्का सदस्यसचिव विश्वबाबु पुडासैनीले गुणस्तर निर्धारणसँगै सामग्री प्रयोगमा सहज हुने जानकारी दिए । विभागले हालसम्म विभिन्न ९३३ वस्तुलाई नेपाल गुणस्तर निर्धारण तथा नेपाल गुणस्तर चिह्न प्रदान गरेको छ । विभागले गुणस्तर चिह्न प्रदान गरिएका वस्तु उत्पादन गर्दा गुणस्तरविपरीत उत्पादन गरे कारवाहीसमेत गर्ने गरेको छ ।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९