उपकुलपतिमाथि कालोमोसो

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७६

पोखरा, १७ वैशाख। पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्मालाई विद्यार्थीले कालोमोसो दलेका छन्।

काठमाडौँ चोभारको मञ्जुश्री पार्क नजिकै विद्यार्थीको एक समूहले उनीमाथि मंगलबार दिउँसो मोसो दलेको खबर छ।

परिवारका सदस्यसहित आफ्नो सवारीमा रहेका उनलाई विद्यार्थीको समूहले मोसो दलेको हो। नियमविपरीत विद्यार्थी भर्ना गरेका पोखरा विश्वविद्यालयअन्तर्गत ४२ वटा निजी कलेजलाई कारबाहीको माग गर्दै आन्दोलनरत विद्यार्थीले उनीमाथि मोसो दलको बताइएको छ। उनी १५ दिनदेखि पोखरा विश्विद्यालयको केन्द्रीय कार्यालय नआइ काठमाडौँ रहँदै आएका थिए। विद्यार्थीले नै गुरुलाई कालोमोसो दलेको भन्दै सामाजिक सञ्जालमा भने चर्को विरोध छ।

सो घटनाबारे विश्वविद्यालयका प्रवक्ता लोकनाथ ढकालसँग टेलिफोन सम्पर्क गर्दा उनले यसबारे आफूलाई जानकारी नभएको बताए।

नियमविपरीत भर्ना लिएका कलेजमाथि कारबाही माग गर्दै नेविसंघका विद्यार्थीले मंगलबार पनि प्रदर्शन गरेका छन्। उनीहरुले काठमाडौँ र पोखरामा दिनहुँ प्रदर्शन गरिरहेका छन्। पोखराको ढुंगेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा प्रदर्शनमा उत्रिएका ८ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो। सोमबार करिब ४५ विद्यार्थी परीक्षाबाट वञ्चित रहेकोमा मंगलबार झण्डै एक सय जनाले परीक्षा बहिष्कार गरेका छन्।

आन्दोलनबीच पनि पोखरा विश्वविद्यालयले सेमेस्टर परीक्षालाई प्रहरीको सुरक्षामा सञ्चालन गरिरहेको छ।

Related News

सम्बन्धित समाचार

  • हर्षोल्लासका साथ मनाइयो तीज

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । यसपालिको हरितालिका तीज हर्षोल्लासका साथ मनाइएको छ । देशभरका शिव मन्दिरमा व्रतालु महिलाको ठूलो भीड लागेको थियो ।…
  • लामाचौर तीज महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पाखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान्…
  • जननी तीज संवादमा उद्यमी महिला आवाज

    आदर्श समाज सम्वाददाता भाद्र १८, २०८१
    पोखरा । ‘जननी तीज संवादः उद्यमीका आवाज’ कार्यक्रममा महिला उद्यमीहरुले उद्यमशीलताका यात्रा अनुभव सुनाएका छन् । उनीहरुले उद्यमशीलता क्षेत्रमा भोगेका…
  • ८४ सम्मै गठबन्धन टिक्छ: सरकार प्रवक्ता

    आदर्श समाज सम्वाददाता भाद्र १६, २०८१
    पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अहिलेको गठबन्धन आगामी ८४ को चुनावसम्मै टिक्ने दाबी गरेका छन् ।…
  • पाल्पाली समाजको चेलीबेटी भेटघाट तथा शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता भाद्र १५, २०८१
    पोखरा, १५ भदौ । पाल्पाली समाज पोखराको आयोजनामा तीज अवसरमा चेलीबेटी भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।…

hero news full width