काठमाण्डौ, १७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा मंगलवार बेइजिङबाट ल्हासा आइपुगेकी छन् । उनलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गरे ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन (अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च) मा सहभागी भई उक्त मञ्चलाई सम्बोधन गरेकी थिइन् । सोमबार ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक भई सात सम्झौतामा हस्ताक्षर भएको थियो ।
ती सम्झौतामध्ये आर्थिक तथा प्राविधिक सहयोगको सम्झौतानुसार चीन सरकारले नेपाललाई जीवनस्तर उकास्न, विपत्तिपछिको पुनःनिर्माण तथा आधारभूत संरचनाका क्षेत्रमा आपसी सहमतिका परियोजनामा लगानी गर्न एक अर्ब आरएमबी बराबरको सहयोग उपलब्ध गराउने भएको बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनका राजदूत होउ याङ्छी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहेका छन् ।
Related News
सम्बन्धित समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
स्याङ्जामा कर्मचारीको धर्ना
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
hero news full width
मुख्य समाचार
पोखरामा मनाइयो विश्व आदिवासी दिवस
किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९चुनाव घोषणापछि एमाले सक्रिय : वर्षदिन अघि सरकार बन्यो, अहिले पो विरोध ?
श्रावण २३, २०७९