हेमजा, १६ वैशाख। घाचोकस्थित परिवर्तनका लागि युवा सञ्जाल (युनेक) नेपालको आयोजनामा तेस्रो घाचोक माछापुच्छ्रे महोत्सव जारी छ।
आइतवारदेखि शुरु महोत्सवअन्तर्गत सोमवार कलाकार चोलेन्द्र पौडेल, पार्वती जिसी, माया गुरुङ, राजन कार्की, प्रदीप त्रिपाठी र सुनिता नेपालीले प्रस्तुति राखेका थिए। त्यस्तै रत्यौली गीत प्रतियोगिताअन्तर्गत स्याल्पे भुमे आमा समूहको प्रस्तुति रहेको थियो।
उद्घाटन कार्यक्रमबीच युनेक नेपाल सामाजिक पुरस्कार वितरण गरिएको थियो। २०७४ तर्फ जयलाल लम्साललाई मरणोप्रान्त, २०७५ तर्फ पूर्व अध्यक्ष तोयानाथ शर्मा लम्साल र २०७६ तर्फ दयानन्द गिरीलाई दोसल्ला, नगद र सम्मानपत्रले सम्मान गरिएको थियो।
त्यस्तै विभिन्न क्षेत्रमा योगदान गरेको भन्दै उप–प्राध्यापक महेश्वर पोखरेल, शिव पोखरेल, इन्द्रबहादुर तिलिजा मगर, सुष्मा पुन, कोषाध्यक्ष सुजन लम्साल, सह–प्रायोजक डोरबहादुर गुरुङ र मुख्य प्रायोजक भिजन लम्बिनी लिमिटेडलाई पनि सम्मान गरिएको थियो।
महोत्सवका आकर्षणमा अन्तरक्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता, यूनेक डान्सिङ आइडल (सिजन–२) को ग्राण्ड फिनाले, मौलिक झाँकी प्रदर्शनी तथा योग प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, दूध र बदामबाट बनेका विभिन्न परिकार, होमस्टेमा बस्ने व्यवस्था एवम् हास्य कलाकारका प्रस्तुति लगायत रहेका छन्। महोत्सवले गण्डकी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सहयोग पुर्याउने आयोजकको विश्वास छ। महोत्सव वैशाख २१ गतेसम्म चल्नेछ। महोत्सव संयोजक टेकनशोभा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष मौसम कार्कीले स्वागत र सदस्य सचिव रेशम नेपालीले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
नीति कार्यक्रम सीमित क्षेत्रमा केन्द्रित : सांसद केसी
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
hero news full width
मुख्य समाचार
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०