पोखरा, १६ वैशाख। पोखरा–६ को आयोजना तथा लेकसाइड तेक्वान्दो डोजाङको सहआयोजनामा ३० जना छात्रालाई निःशुल्क आत्मरक्षा दिइएको छ।
एक महिनासम्म चलेको सो तालिमका सहभागीलाई गण्डकी प्रदेश सांसद प्रभा कोइरालाले शनिबार आयोजित समारोहमा प्रमाणपत्र वितरण गरिन्। उनले महिलामाथि भइरहेको हिंसा, बलात्कारबाट जोगिनका लागि यस्तो तालिम महत्वपूर्ण हुने औल्याइन्। वडा सदस्य पुष्पा पहारीले महिलामाथि हुने गरेका हिंसात्मक घटना मध्यनजर गर्दै वडाले सो तालिम गरेको बताइन्।
नाट्टा क्षेत्रीय संघ पोखराका अध्यक्ष सन्तोष पोखरेलले आजको युगमा सभ्य समाजको आवश्यकता रहेको बताए।
रेवान पोखरा अध्यक्ष भीमसेन भुजेलले दोजाङले खेलकुदसँगै सामाजिक कार्यमा पनि सहभागिता जनाउँदै आएकोमा खुसी व्यक्त गरे। लेकसाइड डोजाङका प्रशिक्षक प्रितम कुँवरले तालिममा आर्थिक स्थिति कमजोर रहेका परिवारका ३० जना बालिकाहरु सहभागी गराइएको बताए। आफूले पाँचौ पटकसम्म निःशुल्क तालिम दिएको भए पनि यसपालि वडालगायतले सहयोग गरेको प्रशिक्षक कुँवरले बताए।
तालिममा सहभागीमा बढीजसो तालबाराही, पार्दी र श्रीकृष्ण माविका विद्यार्थी थिए। प्रशिक्षार्थी अस्मिता दाहाल निःशुल्क रुपमा सिक्न पाउँदा खुसी लागेको बताइन्। अर्की प्रशिक्षार्थी सिर्जना विष्ट तालिमले आत्मरक्षा गर्ने सीप प्रदान गनेर्मा आशावादी रहेको बताइन्।
तालिममा नियमित अभ्यास गर्ने तथा उत्कृष्टता हाँसिल गर्ने खेलाडीलाई तेक्वान्दो ड्रेस लगायत पुरस्कार प्रदान गरियो। महेन्द्र पालिखे, आशा पाख्रिन, रामु पण्डित, वीरेन्द्र लामा, होटल ग्लासियर, तारा बिक, भेषमाया नेपाली लगायतले तालिममा सहयोग गरेको प्रशिक्षक कुँवरले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
सिद्धार्थ क्लबद्वारा शैक्षिक सामग्री वितरण
विद्यापीठमा बधाई तथा शुभकामना
पोखरा १३ का संस्थागत विद्यालयले बुझाए छात्रावृत्ति विवरण
सहिद स्मारक आविमा वृक्षरोपण
गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
hero news full width
मुख्य समाचार
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
जेठ २७, २०८०कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०