बुटवल १६ बैशाख । सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलको गृह जिल्ला रुपन्देहीमा दिनदिनै उनी विरुद्ध दवावका आवाजहरु चर्किदै गएका छन् ।
रुपन्देहीको निर्वाचन क्षेत्र न २ बुटवलवाट प्रतिनिधि सभामा निर्वाचित पौडेललाई कारवाहीको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठनहरुले आवाज उठाएका हुन् । आईतबार नेपाल विद्यार्थी संघले एक रुपैयाँ चन्दा संकलन गरेर सरकारलार्इृ पढाएको थियो भने सोमबार नेपाल तरुण दलले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
दलवल सहित भैरहवामा रहेको सिडिओ कार्यालयमा पुगेका तरुणहरुले रुपन्देहीको जनप्रतिनिधि जग्गा काण्डमा परेको र सरकारले संरक्षण गर्न आशंकाका कारण आफुहरुले ध्यानाकर्षण गराएको बताए । उनिहरुले वर्तमान सरकार अपराधी ढंगबाट प्रस्तुत भएको भन्दै प्रधनमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षणका लागि ज्ञापन पत्र बुझाएको बताएका छन् ।
कन्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको १० महिना भईसक्दा बलात्कारी र हत्यारा पत्ता नलाग्नु, वर्तमान सरकारको सवै तह र तप्कामा भ्रष्टाचार मौलाउनु, नेपाल वायु सेवा निगमको वाईडबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचार किनारा नलाग्नु, एनसेलले बुझाउनुपर्ने ७० अर्ब भन्दा बढी राजस्व विभिन्न वहाना गर्दै एनसेलसँग असुलउपर नगरी जनताको समृद्धिको चाहाना माथि कुठाराघात हुनु, राजधानीका जनताको दशकौ देखिको मेलम्चीको खानेपानी अधुरो हुनु, सार्वजनिक र सरकारी जमिनहरुको संरक्षण नगरी लालपुर्जा बाड्ने कामको तथ्य प्रधानमन्त्री निवास परिसरको जग्गा काण्डबाट प्रष्ट हुनुमा सरकारकै भूमिका रहेकाले तत्काल आवश्यक छानबिन गरी दोषिलाई कारवाही र पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गरिएको तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङले बताए ।
प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मार्फत प्रधानमन्त्री ओलीलाई लाई ज्ञापन पत्र पठाउदै तरुण दलले जग्गा काण्डमा संलग्न नेकपाका महासचिव विष्णु पौडेल लगायतका व्यक्तिहरुलाई हदै सम्मको कारवाहीको माग गरेको छ । साथै, देशमा बढ्दै गएको भ्रष्टाचार, महंगी, अन्याय एवं अ्रत्याचारको विरुद्ध तरुण दल गम्भीर ढंगबाट प्रस्तुत भई जनताको संवैधानिक अधिकारको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको चेतावनी दिएको छ ।
ज्ञापन पत्र बुझाउन नेपाल तरुण दलका पूर्व केन्दी्रय सचिव चिरञ्जीवी जोशीको नेतृत्वमा पुर्व जिल्ला अध्यक्ष चिरञ्जीवी पौडेल,केन्दी्रय प्रतिनिधि बिजेश न्यौपाने , जिल्ला सचिव रमेश शाही, कोषाध्यक्ष बासु बस्याल, क्षेत्रीय सभापति किशोर सुवेदी र हसन्त लामा, बुटवल नगरनगर सभापति शुसन पुन, दीपेन्द्र पुन लगायतका नेता जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
Related News
सम्बन्धित समाचार
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
ओटेफको स्थापना दिवसमा बटुक र ज्येष्ठ नागरिकलाई भोजन
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९