पोखरा, १६ वैशाख । पोखराको ड््यामसाइडस्थित फेवाताल किनारमा झण्डापार्कको निर्माण शुरु गरिएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त लगानीमा फेवाताल किनारमा झण्डा पार्क निर्माण गर्न लागिएको हो ।
दुवै सरकारको ५०/५० प्रतिशत लगानीमा पार्क बनाउन लागिएको हो । पार्क तयार गर्न ४ करोड लाग्ने अनुमान छ । ४ करोड लागतमध्ये चालू वर्षमा १ करोड रुपैयाँ विनियोजन भएको छ । पार्कको पहिलो चरणको काम गर्न विनु कन्स्ट्रक्सनले ७६ लाख रुपैयाँमा जिम्मा लिएको छ ।
सात रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा जाने पुलसहित टिकट काउण्टर, ड्रिङकिङ वाटर एरिया, रेष्ट रुम, पानीको फोहरा, वाकिङ एरियासहितको फूट ट्रयाक, बाल उद्यान र पेभेलियन, भ्युइङ डेक र ओपन जीम लगायतका संरचना बन्ने महानगरका सिभिल ईन्जिनियर शोभियत खड्काले जानकारी दिए । चालु आर्थिक वर्षमा एक करोड बराबरको पार्कको निर्माण हुने जनाइएको छ ।
महानगरका प्रशासकीय अधिकृत शेषनारायण पौडेलले पार्कभित्र ८० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा राखिने बताए । माछापुच्छ«े हिमालको छायाँसँगै नेपालको उक्त राष्ट्रिय झण्डा देखिनेछ ।
यस वर्ष १ करोड ९ लाखमध्ये असार मसान्तभित्र ७६ लाखको काम गरिने र्ईञ्जिनियर खड्काले जनाए । ७६ लाख रुपैयाँमध्येको निर्माण कार्य अन्तरगत पार्कको वरिपरि पर्खाल लगाउने, ढुङ्गा बिछाउने दुवो रोप्ने र ल्याण्ड स्केप मिलाउने कार्य हुनेछ ।
१ करोड ९ लाखको टेण्डर निकालेका हौं । ७६ लाखमा काम गर्न निर्माण कम्पनी राजी भयो, महानगरका प्रमुख इञ्जिनियर शोभियत खड्काले भने–१७ रोपनी क्षेत्रफलमा आकर्षक पार्क बन्छ । यो बर्षको काम असार मसान्तभित्रै सक्नुपर्ने छ ।’
पार्क निर्माणको सोमबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरका मेयर मानबहादुर जिसीसहित मन्त्री र वडाध्यक्षहरुको उपस्थितिमा शिलान्यास गरिएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकार र पोखरा महानगरबीच सहकार्य नटुटेको सन्देश दिन यो काम गर्न लागिएको बताए । यस किसिमको निर्माणले गण्डकी प्रदेशको राजधानी पोखराको भौतिक पूर्वाधारहरु पूरा गर्नका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका सँगसँगै जाँदै छ भन्ने सन्देश जाने मुख्यमन्त्री गुरुङको भनाई थियो ।
प्रदेश र स्थानीय सरकारबीच सम्बन्ध राम्रो छैन भनेर होहल्ला आउँछ । तर, बास्तविकता त्यस्तो छैन,’ उनले भने–दुवै सरकार सँगसँगै छौं भन्ने सन्देश दिन पनि यो काम महत्वपूर्ण छ । पूर्र्वाधारको कुुरा गर्दा हामीले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेका छौं,मुख्यमन्त्री गुरुङले भने, ‘पर्र्यटन विकासका लागि भौतिक पूर्वाधार, पोखराका तालहरुको संंरक्षण र समृद्धि, पोखरा बजारलाई अझै सुन्दर थप्ने सवालमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका एक साथ सँगै भएर जान्छ भन्ने सन्देश दिन पार्कको संंयुक्त निर्माण गर्न लागिएको हो ।’
उनले गण्डकी प्रदेशको राजधानी पोखरा आफैमा सुन्दर भएपनि दिनानुदिन मानवीय क्रियाकलापले कुरुप बन्दै गएकोले यसको सुन्दरता थप्ने, बचाउने र फूलबुट्टा भरेरमात्रै पोखराको गरिमालाई बढाउन सकिने बताए । पर्यटकीय गन्तब्य विस्तार गर्ने योजनासहित पार्क निर्माणको परिकल्पना गरिएको गुरुङको भनाई छ ।
फेवातालको संरक्षण साथसाथै जलाधारको क्षेत्रसँगै काम गर्ने महानगरपालिकासँग सहकार्य रहने मुख्यमन्त्री गुरुङले बताए । मुख्यमन्त्री गुरुङले तालको संरक्षण सम्बन्धमा ताल विकास प्राधिकरण बनाइसकेको उल्लेख गरे ।
‘गण्डकी प्रदेश पर्यटनबाटै समृद्धि चाहान्छ,’ उनले भने त्यसका लागि संरचना बनाउनुप¥यो । यो पार्क एउटा महत्वपूर्ण गन्तब्य हो । निर्माणमा कुनै समस्या हुँदैन ।उनले तोकिएकै समयभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिए ।
महानगरका मेयर मानबहादुर जिसीले पार्क निर्माण फेवाताल संरक्षणका लागि पनि महत्वपूर्ण हुने बताए । आन्तरिक र बाह्य दुवै पर्यटकलाई लक्षित गरि पार्क निर्माण गरिने उनले सुनाए । प्रदेश सरकारले मन्त्रीपरिषद् बैठकबाटै झण्डापार्क बनाउने निर्णय गरेको थियो । त्यसका लागि महानगरले पनि समन्वय गरेको मेयर जिसीले बताए ।
Related News
सम्बन्धित समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
hero news full width
मुख्य समाचार
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९