जाकार्ता , १६ बैशाख । इन्डोनेसियाको पश्चिमी प्रान्त बेङकुलु र राजधानी जाकार्तामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या सोमबारसम्म ३१ पुगेको छ ।
यस प्रकोपमा परी १३ व्यक्ति अझै बेपत्ता रहेका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले जानकारी दिएका छन । यस बाढी र पहिरोको कारण केही विद्यालयलगायत १ सय ८४ ओटा भवनहरु ध्वस्त भएपछि १२ हजार भन्दा बढी व्यक्ति विस्थापित भई शरणार्थी स्थलमा पुगेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यसैगरी सडक पुललगायतका अन्य ४० ओटा संरचनाहरु सो प्रकोपको कारण ध्वस्त भएको बताइएको छ । इन्डोनेसियामा बाढीे र पहिरो जस्ता प्राकृतिक प्रकोप बारम्बार सतारहेको पाइन्छ । बाढीलगायतका प्राकृतिक प्रकोपमा परी इन्डोनेसियामा बर्षेनी हजारौँ व्यक्तिको मृत्यु हुने गरेको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
रेशम चौधरीसहित ५०१ लाई आम माफी
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
hero news full width
मुख्य समाचार
फल इन लभ नै किन ?
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०