पाँचबुँदे पोखरा घोषणापत्र जारी

मिडिया सम्मेलन

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७६
111_Fotor

पोखरा, १४ वैशाख। मिडियामैत्री कानून निर्माण मागसहित पाँचबुँदे घोषणा जारी गर्दै गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन शुक्रबार सम्पन्न भएको छ।

दुई दिनसम्म चलेको सम्मेलनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको प्रहारप्रति सरकारको ध्यानाकर्षण गरेको छ।

प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप लगायतको गतिविधिलाई तत्काल रोक्न आग्रह गरिएको छ।

समाचार लेखेकै आधारमा पत्रकारमाथि भइरहेको धरपकड र गिरफ्तारीजस्ता घटनाको सम्मेलनले निन्दा गर्दै यस्ता गतिविधि तत्काल बन्द गरी संविधानप्रदत्त अधिकारको रक्षा गरिनुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोग गर्दै नागरिक अधिकारको संरक्षण गर्न मिडियामैत्री कानून निर्माण गर्नुपर्ने माग गरिएको छ। त्यस्तै, घोषणापत्रमा मिडिया सवलिकरण एवं त्यहाँ कार्यरत श्रमजीवि पत्रकारको संरक्षणका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न सरकारसमक्ष माग गर्दै श्रमजीवि पत्रकार ऐन लागू गर्न सम्बद्ध सञ्चारगृहलाई आग्रह गर्ने उल्लेख छ। प्रदेश समृद्धिका लागि पत्रकारितामा समावेशीता, यसको माध्यमबाट समृद्धि, बालमैत्री पत्रकारिता र पर्यटन प्रवद्र्धन लगायत विषय उच्च प्राथमिकता दिन प्रदेश सरकारको ध्यानाकर्षण गर्ने जनाइएको छ।

घोषणापत्र महासंघ प्रदेश समिति सल्लाहकार रवीन्द्र बास्तोला, सल्लाहकार नवराज सुवेदी, महासचिव गणेश पौडेल र पत्रकार महासंघ, स्याङ्जा अध्यक्ष ओमप्रकाश शर्माले मस्यौदा गरेका हुन्।

सम्मेलनमा शनिबार पर्यटन र पत्रकारिता विषयमा छलफल भएको थियो। पत्रकार केशवशरण लामिछानेले सहजीकरण गरेको छलफलमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल र पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखेबीच विषयवस्तुमाथि छलफल चलाइएको थियो।

छलफलमा पर्यटनमन्त्री लम्सालले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पत्रकारिता क्षेत्रको ठूलो भूमिका रहेको औल्याए। पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार र जनशक्ति अभाव रहेको उनको कथन थियो।

मन्त्री लम्सालले तालिम मात्रैले जनशक्ति तयार नहुने दाबी गरे। उनले पर्यटन विश्वविद्यालयको खाँचो औंल्याए। उनले प्रदेश सरकारले व्यवस्थित कार्ययोजना बनाएर अघि बढेको औंल्याए। पर्यटन क्षेत्रको विकासका लागि सरकारले अघि सारेका कार्ययोजनामाथि विश्वास गर्न उनको आग्रह थियो।

विश्वशंकर पालिखेले पर्यटन र पत्रकारिता एउटै सिक्काका दुई पाटा भएको उल्लेख गरे। उनले राज्यले योजना घोषणा गर्ने र कार्यान्वयनमा उदासीनता देखाउने गरेको पालिखेको आरोप थियो।

पालिखेले पर्यटन क्षेत्रको वास्तविक विकासका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए। पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसारसँगै पूर्वाधार विकास पनि उत्तिकै आवश्यक रहेको बताए। महासंघ, गण्डकी अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव गणेश पौडेलले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width