पोखरा, १४ वैशाख। रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको पूर्व विद्यार्थी मञ्चले नयाँ वर्ष २०७६ को क्यालेन्डर शुक्रबार सार्वजनिक गरेको छ।
गाउँपालिका अध्यक्ष नवराज ओझाले क्यालेन्डर विमोचन गर्दै रुपालाई शैक्षिक दृष्टिकोणले नेपालकै उत्कृष्ट बनाउने लक्ष्यसहित आफूहरु अघि बढेको बताए। स्थानीय आवश्यकताको पहिचान गरी शिक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि गाउँपालिका पछि नहट्ने भन्दै ओझाले कुनै निर्णय गर्दा हचुवामा नगरिने बताए।
रुपा गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा यस वर्ष मात्रै ३ सय सय विद्यार्थी थपिएको जानकारी दिँदै गुणस्तरलाई समेत सोही अनुपातमा बढाइने उनको भनाइ थियो।
विद्यालयका प्राचार्य रुपिन्द्र प्रभावीले विद्यालयलाई सकारात्मक मार्गमा डोर्याउनका लागि जोसुकैलाई स्वागत गरिने बताए। उनले स्थानीय सरकार र समुदायको सहयोगले प्रगतिका बाटोमा हिँडिरहेको विद्यालयलाई अब पूर्व विद्यार्थीको समेत महत्वपूर्ण सहयोग प्राप्त हुने आशा व्यक्त गरे।
कार्यक्रमको अध्यक्षको आसनबाट मञ्च अध्यक्ष राजन सुवेदीले मञ्चले विद्यालयको चौतर्फी हितका लागि पूर्व विद्यार्थीको सहयोग जुटाउन आफू कटिबद्ध भएर लाग्ने बताए।
सो अवसरमा विद्यालयका नवआगन्तुक विद्यार्थीलाई शिक्षक अभिभावक सङ्घकी अध्यक्ष लीला ओझाले अबिर लगाएर स्वागत गरेकी थिइन्।
सो अवसरमा मञ्चलाई महत्वपूर्ण सहयोग गरेको भन्दै दिवस लामिछाने, दृश्य सुवेदी र महेश्वर भण्डारीलाई गाउँपालिकाका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङ, मञ्चका अध्यक्ष राजन सुवेदीलगायतले दोसल्ला, माला र सम्मानपत्रले सम्मान गरेका थिए। उपाध्यक्ष शिवराज सुवेदीको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव पोष्टराज सुवेदीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९