पोखरा, १४ वैशाख। विश्वकर्मा सेवा समाज कास्कीले उद्योगपति बाबुराम सुनारलाई सम्मान गरेको छ। पोखरामा शनिबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रममा उनलाई सम्मान गरेको हो।
पोखरा–२८ का अध्यक्ष निर्मल दीयाली र समाजका अध्यक्ष भविन्द्र विश्वकर्माले उनले दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरे।
सुनचाँदी व्यवसायी संघ तनहुँका पूर्व अध्यक्ष सम्मानित सुनार ढोरबाराही ज्वेलर्स, ढोरबाराही क्रसर उद्योगका सञ्चालक एवं भीमाद नगर कार्यपालिका सदस्य हुन्। उनी विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन्।
सम्मानपछि उनले शिक्षा र उद्यमशीलताबाट मात्रै समृद्ध जीवनको कल्पना गर्न सकिने बताए। उनले दलित समुदायबीचको एकताले मात्रै जातीय विभेद अन्त्य हुने धारणा राखे। पोखरा घारीपाटनमा बन्ने विश्वकर्मा सेवा समाजको बहुउद्देश्यीय भवनलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
वडाध्यक्ष निर्मल दीयालीले सुनारको व्यक्तित्वको चर्चा गरे। उनले समाज भवन बनाउन सबैको साथ आवश्यक रहेको उल्लेख गरे।
समाजका अध्यक्ष भविन्द्र सुनारले छिट्टै भवन शिलान्यास गरिने जानकारी दिए। उनले भवन बनिसकेपछि बहुउपयोगी हुने भएकोले सबैलाई सहयोग गर्न आग्रह गरे।
विश्वकर्मा समाजका अध्यक्ष गणेश बराइलीले विश्वकर्मा जातिभित्रै एकता आवश्यक रहेको जनाए।
दलित मुक्ति मोर्चाका प्रदेश अध्यक्ष भीमबहादुर विक ‘क्षितिज’ ले स्वस्थ प्रतिस्पर्धाले मात्रै खुसी प्रदान गर्ने बताए।
पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले सुनचाँदी व्यवसायीलाई संस्थामा आवद्ध हुन आह्वान गरे।
समाजका उपाध्यक्ष एवं भवन निर्माण अर्थ समिति संयोजक दशरथ सुनारले कास्कीका समाजमध्ये नमुना समाज घर विश्वकर्मा सेवा समाजले बनाउने उद्घोष गरे।
क्यालेन्डर प्रकाशन समिति संयोजक रविन विश्वकर्माले क्यालेन्डरबाट बचत रकम भवन निर्माणमा खर्चिने सुनाए।
समाजका सचिव तारा गौतमले कार्यक्रम सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
लायन्स डेस्टिनेसनमा सन्तोष
वाद्यवादन सामग्री विरतण
६८ युनिट रगत संकलन
अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी
प्रभावकारी बन्दै ओएसटी कार्यक्रम
hero news full width
मुख्य समाचार
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
चैत्र १०, २०७९सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९