नेपाल कुमाल समाज सुधार समितिको बहुउउद्देश्यीय सामाजिक भवन उद्घाटन गरिँदै। तस्वीर : भीमपाणि बराल / आदर्श समाज
लेखनाथ, १४ वैशाख। नेपाल कुमाल समाज सुधार समिति, पोखरा–२७, रिठेपानीले आफ्नो बहुउद्देश्यीय सामाजिक भवन उद्घाटन गरेको छ।
एक रोपनी क्षेत्रफलमा करिव ३४ लाखको लागतमा संस्थाले सभाहल, दुई कोठा र शौचालय सहित सो भवन निर्माण गरेको हो।
भवन उद्घाटन गर्दै नेपाल कुमाल समाज बुद्धिजीवी परिषदका केन्द्रिय संयोजक सूर्यबहादुर कुमालले आफ्नो भाषा र संस्कृति संरक्षणका लागि सम्पूर्ण कुमाल समुदायहरु एकजुट भएर अगाडि बढ्नु पनेर्मा जोड दिए।
कार्यक्रममा केन्द्रिय जनजाति महासंघकी सचिव श्रृति कुमालले मौलिक संस्कृति रक्षाका लागि कुमाल समुदाय संगठित भएर अगाडि बढ्नुपनेर्मा जोड दिए।
कुमाल समाज कास्कीका अध्यक्ष मानेन्द्र कुमालले शिक्षा क्षेत्रमा कुमाल समुदायको कम चासोका कारण आफूहरु पछि परेको भन्दै बाबुनानीहरुलाई पढाइमा ध्यानपूर्वक अगाडि बढाउनु पर्ने सुझाव राखेका थिए।
सोही अवसरमा नेपाल कुमाल समाज सुधार समिति गण्डकी प्रदेशका संयोजक राजन कुमाल, इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्राङ्गत बराल, वडा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, डा लक्ष्यबहादुर कुमाल, कुमाल समाज भण्डारढिकका अध्यक्ष दानबहादुर कुमाल लगायतले सामाजिक उत्तरदायित्व बहन गर्दै अगाडि बढ्न सक्नु पनेर्मा जोड दिए। समाजका अध्यक्ष डिल्लीराम कुमालको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत कोषाध्यक्ष बसन्ती कुमाल र संचालन सचिव चीजामाया कुमालले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण
वडामार्फत् भूमि सेवा दिने तयारी
पोखरा १३ का उपलब्धि : सिपमूलक तालिमसँगै विकास निर्माण
पोखरा २६: वर्षदिनमा १ सय २९ योजना सम्पन्न
hero news full width
मुख्य समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०