वालिङ, १५ वैशाख । यहाँको एक सामुदायिक विद्यालयले विद्यार्थी आकर्षण गर्न चालू शैक्षिक सत्रदेखि ‘स्मार्ट बुक’ प्रयोगमा ल्याएको छ ।
वालिङ नगरपालिका–१ वडा कार्यालयले बालबालिका शीर्षकमा विनियोजन गरेको रकमबाट नगरपालिकाभित्रै पहिलो पटक रणवीर जनहित माविमा ‘टकिङ टिचर’ प्रविधि अर्थात ‘स्मार्ट बुक’ प्रयोगमा ल्याइएको वडाध्यक्ष केदार काफ्लेले बताए ।
“सरकारी विद्यालयतप्रति विद्यार्थी तथा अभिभावकहरुको रुचि घट्दै गइरहेकाले पहिलो पटक सामुदायिक विद्यालयमा ‘स्मार्ट बुक’को प्रयोग गरेका छौँ”, वडाध्यक्ष काफ्लेले भने “आशा छ स–साना बालबालिकाको क्षमता अभिवृद्धि गर्नमा सघाउ पुग्नेछ भने सामुदायिक विद्यालयतर्फ विद्यार्थी तथा अभिभावकहरु पनि आकर्षित हुनेछन ।”
‘स्मार्ट बुक’को प्रयोगले नर्सरीदेखि केजीसम्मका विद्यार्थी बढी लाभान्वित हुने विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले बताए । “यो प्रविधिमार्फत स–साना बालबालिकामा खेल्दै सिक्ने संस्कृतिको विकास हुन्छ”, प्रधानाध्यापक रेग्मीले भने “बालबालिकाको सुनाइ र बोलाइ विकासका लागि यसबाट महत्वपूर्ण सहयोग पुग्ने मैले विश्वास लिएको छु ।”
विद्यार्थीमा पढ्ने सीप विकास गराउन र सुनाइका आधारमा लेख्नसक्ने बनाउन यसमा नेपाली र अङ्ग्रेजी दुवै भाषाका विभिन्न पाठ्यपुस्तक समावेश गरिएको प्रधानाध्यापक रेग्मीले बताए । यो प्रविधिमार्फत विद्यार्थीलाई बुझाउन, सम्झाउन र पढेको कुरा लामो समयसम्म स्मरण गराउन सहज हुने क्रियटिभ एडुटेन्मेन्ट वल्र्ड प्रालि गण्डकी प्रदेशका व्यवस्थापक वासुदेव सुवेदीले बताए । उनका अनुसार हिज्जे गल्ती भएमा वा उच्चारणको समस्या समाधान गर्नका लागि पनि शिक्षक तथा विद्यार्थीलाई सहज हुनेछ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
वडामार्फत् भूमि सेवा दिने तयारी
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
hero news full width
मुख्य समाचार
फल इन लभ नै किन ?
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०आदर्श समाजकर्मीद्वय विजय र धन सम्मानित
जेठ १२, २०८०