काहुँखोलामा स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७६
8fdf746fdbbff537dcad52ecb2f48be2_kalimati-voice-free-health-camp

पोखरा, १४ वैशाख । जनकल्याण समिति सिद्धकालिकास्थान काहुँखोला र सत्य युवा क्लब बाँझापाटन पोखरा–१३ द्वारा आयोजित तथा विनायक मेडिको फर्माको व्यवस्थापनमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

स्वास्थ्य शिविरमा डा.आषिश त्रिपाठी, डा.बुद्धिसागर लामिछाने, डा.भीम सिग्देल, डा.सृजना शर्मा, डा.रञ्जना थकाली, डा.अमृता घिमिरे, डा.बिजय रानाभाट, डा.बिमल बाँस्तोला एवम् इन्टर्नहरु गरिमा बराल, अप्सरा रानाभाट, अश्विनी गुरुङ, एलीशा राई, शुदेशना अधिकारीले स्वास्थ्य जाँच गरेका थिए ।

जनकल्याण समितिका महासचिव कुमार के.सी.ले “मिलेर गरौं” भावनाको आत्मसाथ गर्दै विभिन्न संघसंस्था मिलेर स्वास्थ्य शिविर संचालन गरिएको बताए । सत्य युवा क्लबका सचिव विशाल गुरुङका अनुसार शिविरमा ४ सय जनाले स्वास्थ्य जाँच गराएका सिथए ।

Related News

सम्बन्धित समाचार

    hero news full width