कार्यालय प्रमुखलाई गराईयो रक्सी, चुरोट नखाने प्रतिज्ञा

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७६
Lamjungka pramukhaharu

लमजुङ, १४ बैशाख । लमजुङमा जिल्लाका सरकारी कार्यालयहरूका प्रमुखलाई रक्सी, चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने प्रतिज्ञा गराइएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले त्यस्तो प्रतिज्ञा अर्थात शपथ खुवाएका हुन् ।

जिल्ला सदरमुकाम बेसीसहरस्थित स्वास्थ्य कार्यालयद्वारा आफ्नै सभाहलमा आयोजना गरिएको ‘मेरो वर्षः म स्वथ्य, मेरा देश स्वस्थ’ कार्यक्रममा धूमपान र मध्यपान नगर्ने प्रतिबद्धता सहितको प्रतिज्ञा जिल्ला न्यायाधीश आचार्यबाट जिल्ला स्थित सरकारी कार्यालयहरूका प्रमुख तथा निमित्त प्रमुखहरूलाई गराइएको हो ।

जिल्ला न्यायाधीश आचार्यले नसर्ने रोगबाट मुक्ति र न्यूनीकरणका लागि यस्तो अभियान फलदायी हुने बताए । उनले भने, ‘हाम्रो जीवनशैली परिवर्तन गर्नुपर्छ । तनावमुक्त वातावरण बनाऔं ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भट्टराईले ‘आफू स्वस्थ रहने र देशलाई स्वस्थ बनाउने सरकारी योजनाको सु?वात’ भएको बताए । उले भने ‘हामीले शपथ खाएका छौं, यो एउटा कसम हो, यसको कसैले पनि उल्लंघन नगरौं ।’

सपथको प्रतिज्ञा पत्रमा ‘म तनाव रहित जीवन शैलीलाई आत्मसात् गर्छु, म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थबाट टाढै रहन्छु, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु, म प्रदूषण नियन्त्रणमा सजग रहँदै आफ्नो घर र समुदाय सफा राख्छु, म ट्राफिक नियम पालना गर्छु र म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु,’ भन्ने उल्लेख रहेको स्वास्थ्य कार्यालयका प्रमुख चापागाईको भनाई छ । उनका अनुसार यसअघि जिल्लामा कार्यरत पत्रकारहरूलाई यसअघि त्यस्तो प्रतिज्ञा गर्न गराइएको थियो ।

कार्यक्रममा सहभागी सरकारी कार्यालयका प्रमुखले धूमपान र मद्यपान नगर्ने शपथ लिएको स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले बताए । उनका अनुसार त्यस्तो प्रतिज्ञा गर्नेहरूमा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, डीएसपी यादव ढकाल, सशस्त्र प्रहरीका डीएसपी दीपक बलामी, जिल्ला न्यायाधिवक्ता, प्रमुख कोष नियन्त्रक, अनुसन्धान अधिकृत, मालपोत अधिकृत, अलैंची जोन कार्यालय प्रमुख, निर्वाचन कार्यालय प्रमुख, जिल्ला सामुदायिक अस्पतालका प्रमुख, जिल्ला अस्पतालका डाक्टर, स्वास्थ्य कार्यालयका प्रमुखलगायत विभिन्न सरकारी कार्यालयका प्रमुख तथा निमित्त प्रमुखले मध्यपान र धूमपान नगर्ने शपथ लिएका हुन् ।

स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईंले रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ नखाएमा जीवनशैली सुधार भई मधुमेह, मुटुरोग, क्यान्सर, दीर्घ श्वासप्रश्वास रोगजस्ता नसर्ने रोगको जोखिम कम हुने बताए । सामुदायिक अस्पतालका मेडिकल अधिकृत डा. हिक्मत भण्डारीले भने ‘धूमपान र मध्यपानबाट नसर्ने खालका तर जटिल समस्या देखिन सक्छ , बेलैमा सचेत हुन आवश्यक छ ।’ उनले व्यक्ति, परिवार तथा समुदायको स्वास्थ्यका लागि धूमपान र मध्यपानबाट टाढै रहनुपर्ने आवश्यकतामा जोड दिए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width