पोखरा, १४ वैशाख । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले समाजवाद राजनीतिक प्रणालीबाट विकसित दलको सरकार तानाशाह वन्न नसक्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७० औ स्थापना दिवसको अवसरमा मदन भण्डारी फाउण्डेसन कास्कीद्वारा शनिवार पोखरामा आयोजित वर्तमान आर्थिक सामाजिक संरचना र समृद्धिको यात्रा विषयक वहस कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने– जनताका अधिकार स्थापनाका लागि ७० बर्षदेखि देखि लडेको पार्टी अधिनायकवाद बन्न सक्दैन ।
राणा र पंचायत कालमा जस्तो विचार बोकेकै आधारमा कुनै पनि मानिसलाई जेल जानुपने, विस्थापित हुनु पर्ने अवस्था अहिले छैन, उनले भने–राजनीतिक रुपमा अपराधिक क्रियाकलाप हुन्छन भने अहिले पनि छुट छैन ।
नेकपाको सरकारले एक वर्षे अवधिमा विकासको जग वसालेको अब देशलाई विकास र समृद्धितर्फ अगाडि वढाउने छ, अवको राजनीति भनेको समृद्धि नै हो, उनले भने– अको विकासको मोडेल भनेको निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादी नेन्द्रद्वारा संयुक्त रुपमा अगाडि सारिएका घोषणा पत्र अनुसार नै हुने र आम नागरिकले त्यस्तो विकासको अनुभूति छिट्टै गर्न सक्ने छन् ।
कृषिमा व्यवसायीकरण, उद्योग क्षेत्रमा विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन, पर्यटन, उर्जाका क्षेत्रमा सरकार अगाडि वढ्छ, उनले भने– हिजो राजनीतिक रुपमा प्रतिस्पर्दामा थियो अव सरकार र काँग्रेस सहित सबै पाटीृ मिलेर विकास र समृद्धिमा जुटौ ।
नेकपाका नेता एवं पूर्व मन्त्री जनार्जन शर्माले दुई पार्टीको एकता कुनै क्लब वनाउन नभई देशलाई समाजवादतर्फ अगाडि वढाउन भएको बताए । तत्कालीन नेपा एमाले र माओवादी केन्द्र भित्र विगतका आ–आफ्नै अनुभव छन, ती अनुभवलाई कोट्याइराख्न जरुरी छैन, उनले भने–विद्रोह र शान्तिपूर्ण बाटोले नै लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका हौ ।
विधि र पद्वतिबाट नै कसरी चलने र आम जनतालाई समाजवादको रस कसरी चखाउन सकिन्छ भन्ने तर्फ हाम्रो ध्यान जान जरुरी छ, समाजवाद भनेकै पूर्ण लोकतन्त्त र जनताको हातमा शासनसत्ता हुनु हो, शर्माले भने ।
नेपाली काँग्रेसका नेता प्रदीप गिरीले पूँजीवादले मानिसको स्वतन्त्रतालाई समाप्त पार्ने वताउदै जग्गा, पैसा, भौतिक पूर्वाधारले समाजवादी क्रान्ति सफल नहुने बताए । सत्ता परिवर्तनसँगै राजनीतिमा दलीयकरण वढ्दो छ, यसले कुनैपनि दललाई फाइदा गर्दैैन, नेता गिरीले भने– सरकारमा वसेका व्यक्तिले आम जनतालाई शशक्तिकरण तर्फ लैजान जरुरी छ, अधिकारहरु तल्लो तहसम्म प्रदान गर्न जरुरी हुन्छ ।
नेपालमा अझै पनि गास, बास र कपासको समस्या छ, त्यसकारण हामीले समृद्धि र समाजवादको परिभाषा बदल्न पनि बदल्न जरुरी छ, विकसित राष्टको जस्तो समाजवाद नेपाल भित्र चल्न सक्दैन,गिरीले भने ।
Related News
सम्बन्धित समाचार
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
hero news full width
मुख्य समाचार
कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जेठ २४, २०८०