दमौली, १४ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीमा निर्माण हुँदै गरेको गौसंरक्षण केन्द्रका गाई व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।
दिनदिनै छाडा गाई थपिने क्रम बढेसँगै संरक्षण केन्द्रलाई नै गाई व्यवस्थापनमा समस्या उत्पन्न भएको हो । त्यसले गर्दा संरक्षण केन्द्रका चार गाई मरेका छन् । छाडा चौपाया व्यवस्थापनका लागि शुक्लागण्डकी नगरपालिकाको रु १७ लाखको लगानीमा निर्माण हुँदै गरेको केन्द्रमा रहेका २५० मध्ये चार गाई मरेको शुक्लागण्डकी नगरपालिका–९ का अध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिए ।
केन्द्रमा दिनदिनै गाईहरु थपिने क्रम बढेसँगै आहारा अभाव हुन थालेको छ । उनका अनुसार संरक्षण केन्द्रमा दैनिक १० गाई थपिएका छन् । “खानेकुराको प्रबन्ध राम्रोसँग गर्न सकिएको छैन, तराईबाट रु ६० हजारमा ल्याइएको परालसमेत सकिएको छ”, उनले भने ।
गाईलाई पानी खुवाउन सोही ठाउँमा पोखरी खनिएको छ । तर उक्त पानी स्वस्थ छ कि छैन भनेर परीक्षण गर्न समस्या परेको छ । “गाईहरु दैनिकरूपमा थपिदै जाने र गाईलाई आहारा खुवाउन नसक्दा समस्या हुने देखिएको छ”, उनले भने ।
गाईहरुले संरक्षण केन्द्रकै हाताभित्र रहेको दुवो घाँस खाएकाले केन्द्रको चौर बालुवामा परिणत भएको छ । केन्द्रका गाईको हेरचाहका लागि नगरपालिकाबाट केही दिनअघि मात्रै दुई हेरालो खटाइएको छ । हेरालोले गाईलाई घाँस भएको ठाउँमा चराउन लैजाने भएका छन् । “खानेकुरा नपुगेपछि समय मिलाएर गाईलाई चराउन लैजाने व्यवस्था मिलाएका छौँ”, उनले भने ।
नगरपालिका क्षेत्रमा छाडा चौपायाको समस्या भएपछि निर्माण शुरु भएको संरक्षण केन्द्र अझै सकिएको छैन । गौसंरक्षण समितिका संयोजक गीता महतका अनुसार हाल ट्रष्ट निर्माणको काम भइरहेको छ । ६०० रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रमा जग्गालाई तारबार, चौपायाका लागि खानेपानीको लागि पोखरी निर्माण भइसकेको छ । छाडा छोडिएका चौपायाको कारण राजमार्गमा सवारी दुर्घटना हुने, यातयात अवरोध हुने, बालबालिका, महिला तथा ज्येष्ठ नागरिक त्रसित हुने गरेको र चौपायाको मलमूत्रले बजार क्षेत्र नै दुर्गन्धित हुन थालेपछि नगरपालिकाले संरक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
hero news full width
मुख्य समाचार
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
गण्डकीको नीति तथा कार्यक्रम आज
जेठ २१, २०८०भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
जेठ २१, २०८०पोखराबाट कांग्रेस नेतृत्वलाई खबरदारी : पार्टीको चाल, चेहरा र चरित्र फेर्न रुपान्तरण अभियान
जेठ २०, २०८०ओलम्पियनहरु पोखरामा भेला
जेठ २०, २०८०मध्यपहाडी लोकमार्ग : याम्दी–हरिचोक खण्डमा धुलो हिलोको सास्ती
जेठ २०, २०८०