पोखरा, १२ वैशाख। भारतीय राजदूत मन्जिभसिंह पुरीले गोरखाली सेनाको बहादुरी र तागतलाई कसैले रोक्न नसक्ने बताएका छन।
संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले पोखरामा आयोजना गरेको पाँचौ वीर गोरखा दिवस अवसरमा पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतीय सेनामा कार्यरत गोरखाली सेनाको तागतलाई कसैले रोक्न नसक्ने बताएका हुन्।
पुरीले भारतीय सेनामा कार्यरत रही बिदाको समयमा नेपालमा फर्कने क्रममा भारतिय रेलमा ८ जना डाँकाहरुलाई परास्त गरी रेलमा सवार धेरैजनाको ज्यान जोगाउन सफल भारतीय सेना विष्णुबहादुर श्रेष्ठलाई इङ्गित गर्दै भारतीय सेनामा कार्यरत नेपाली बहादुर सैनिक जवानहरुले आफ्नो कार्यकौशलतालाई जहाँ अफ्ठेरो पर्छ, त्यहाँ प्रयोग गर्ने क्षमता भएकाले गोरखाली सेनाको बहादुरीपना र तागतलाई कसैले रोक्न नसक्ने बताए।
भारत सरकारले सूर्य चक्रबाट समेत श्रेष्ठ जस्ता सयौँ सेनालाई विभूषित गरेको पुरीको भनाइ रहेको थियो।
उनले भारतीय सेनाबाट अवकाशप्राप्त गरिसकेपछि पनि भारतीय भूपूले नेपालमा सामाजिक कामको माध्यमबाट सम्पूर्ण भूपूलाई एकताबद्ध बनाइ नेपालको विकासमा लागेको र त्यसमा भारत सरकारले समेत थप सहयोग गरी सामाजिक कामलाई गाउँ– गाउँमा पुर्याउन सफल भएको वताए। गोरखा भूपूहरुसँग सहकार्य गरी भारत सरकारले नेपालको सामाजिक, आर्थिक र अन्य विकासका काम अगाडि बढाउने बताए।
कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानामगरले भारतीय र नेपाली सेना तथा प्रहरीमा कार्यरत अवकाशप्राप्त सैनिकहरुको सहकार्यले सामाजिक काममा सहयोग मिलेको बताए।
उनले दिवसले भूपूहरुलाई एकजुट हुने मौका प्रदान गरेको बताउँदै सम्पूर्ण मिलेर देशको विकासतर्फ लाग्नुपर्नेमा जोड दिए।
उक्त अवसरमा संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालका सहअध्यक्ष डा लक्ष्मीकान्त पाण्डेले अवकासप्राप्त भारतीय सेनाका श्रीमतीहरुले अझै पनि नागरिकताको नामकै कारण पेन्सन प्राप्त गर्नका लागि विभिन्न बाधाव्यवधान उत्पन्न भइरहेको र यसबारेमा भारतीय सरकारले चासो देखाउनुपर्ने बताए।
महासंघका अध्यक्ष कणेर्ल धनबहादुर थापाले भारत सरकारले भूपूहरुसँग मिलेर आफूहरुको सीप प्रवद्र्धन गराउनुपर्ने बताए।
उक्त अवसरमा भारतीय सेनाका छोराछोरीहरु डाक्टर र इन्जिनियर पदमा कार्यरतलाई सम्मान गरिनुका साथै भारतीय सेनाबाट अवकास प्राप्त सेनाहरुले आफ्नो पल्टनमा देखाइने खुकुरी नृत्य, विभिन्न सांस्कृतिक नृत्य, पञ्चेबाजा प्रदर्शनी गरिएको थियो।
Related News
सम्बन्धित समाचार
रेडियो अन्नपूर्णले गरेको २१ औं रक्तदान कार्यक्रममा१ १० युनिट रगत संकलन
सृजना विकास केन्द्रको सामाजिक परीक्षण
फेवा नव वर्ष महोत्सव, सुरक्षामा ध्यान दिन सुझाव
अनाथको आश्रय सहारा एकेडेमी
आत्महत्या रोक्न टिकटक प्रतियोगिता
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९