गोरखामा ४९ हजार घरको पुनःनिर्माण

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७६
gorkha-village-tour64

गोरखा, १२ वैशाख।  विनाशकारी भूकम्पको ४ वर्ष पूरा हुँदा गोरखामा ७५ प्रतिशत निजी आवास पुनःनिर्माणको काम सम्पन्न भएको छ।

भूकम्पको केन्द्रबिन्दु रहेको गोरखामा लाभग्राहीको सूचीमा परेकामध्ये ४९ हजार ७० लाभग्राहीको निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ गोरखाका प्रमुख रामशरण आचार्यले जानकारी दिए।

भूकम्पपछि निजी आवास निर्माणका लागि गोरखामा कूल ७१ हजार पाँच जना लाभग्राहीको सूचीमा परेका थिए। एकाइका प्रमुख आचार्यका अनुसार जिल्लाका ११ वटा स्थानीय तहमध्ये पुनःनिर्माणमा भूकम्पको केन्द्रबिन्दु रहेको बारपाक सुलीकोट गाउँपालिका सबैभन्दा अघि रहेको छ। “अहिलेसम्मको अवस्था हेर्दा बारपाक सुलीकोट गाउँपालिकामा कूल लाभग्राहीको सूचीमा रहेकामध्ये ८५ प्रतिशत घर पुनःनिर्माण सम्पन्न भएको छ, उनले भने, “त्यो जिल्लाका अन्य गाउँपालिकाको तुलनामा सबैभन्दा बढी हो। ”

बारपाक सुलीकोट गाउँपालिकामा सात हजार २ सय लाभग्राहीको सूचीमा परेकामा छ हजार १ सय ५० को घर निर्माण सम्पन्न भइसकेको छ। त्यस्तै लाभग्राहीमा परेकामध्ये १ सय ८० को नाम प्रवलीकरणको सूचीमा परेको थियो। जसमध्ये ३६ लाभग्राहीले मात्र घर प्रवलीकरणको काम सम्पन्न गरेका छन्। प्रवलीकरणको सूचीमा परेका लाभग्राहीले पूर्ण क्षतिमा पर्नुपर्ने भन्दै गुनासो दर्ता गरेका प्रवलीकरणमा परेकाको घर पुनःनिर्माण छिटो हुन नसकेको प्रमुख आचार्यको भनाइ छ।

गोरखाका स्थानीय तहमध्ये निजी आवास पुनःनिर्माणमा गण्डकी गाउँपालिका सबैभन्दा पछाडि रहेको छ। गण्डकी गाउँपालिकामा अहिलेसम्म लाभग्राहीको सूचीमा परेकामध्ये ५२ दशमलव ५५ प्रतिशतमात्र पुनःनिर्माण सम्पन्न भएको प्रमुख आचार्यले जानकारी दिए। “गण्डकी गाउँपालिकामा कूल पाँच हजार ६ सय १९ जना लाभग्राही सूचीमा परेको थियो। तीमध्ये २ हजार ९ सय ५३ निजी आवास मात्र पुनःनिर्माण सम्पन्न भएको छ”, उनले भने, “लाभग्राहीको सूचीमा परेकामध्ये पनि गण्डकी गाउँपालिकामा ४ सय १३ को नाम प्रवलीकरणको सूचीमा रहेका छन्। ”

गोरखा जिल्लामा बारपाक सुलीकोट गाउँपालिकापछि अजिरकोट गाउँपालिका पुनःनिर्माणमा दोस्रो स्थानमा रहेको छ। अजिरकोटमा हालसम्म ८१ प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भइसकेको उनले जानकारी दिए। “कूल चार हजार १ सय २६ लाभग्राहीको सूची परेको अजिरकोट गाउँपालिकामा तीन हजार ३ सय ७५ ले घर निर्माण सम्पन्न गरिसकेका छन्”, प्रमुख आचार्यले भने, “अजिरकोटमा लाभग्राहीको सूचीमा परेकामध्ये तीन हजार ९७ ले पहिलो किस्ता र तीन हजार ८ सय २ ले दोस्रो किस्ताको रकम लिइसकेको छ। ”

प्रमुख आचार्यका अनुसार निजी आवास पुनःनिर्माणमा जिल्लामा आरुघाट गाउँपालिका तेस्रो स्थानमा रहेको छ। आरुघाट गाउँपालिकमा अहिलेसम्ममा कूल छ हजार ९ सय २४ लाभग्राहीको सूचीमा परेकामध्ये पाँच हजार २ सय ७५ अर्थात् ७६ दशमलव १८ प्रतिशतले घर निर्माण सम्पन्न गरिसकेका छन्। यता जिल्लाको भीमसेन थापा गाउँपालिकामा भने ७३ प्रतिशत निजी आवास निर्माण भइसकेको उनले जानकारी दिए।

गोरखा नगरपालिकामा ७२ दशमलव ४० निजी आवास निर्माणको काम सकिएको छ। गोरखा नगरपालिकामा लाभग्राहीको सूचीमा परेका नौ हजार ५५ मध्ये सात हजार ३ सय ५७ घर निर्माण भइसकेको हो। सिराचोक गाउँपालिकामा भने अहिलेम्म ६१ दशमलव ६८ प्रतिशत घर निर्माण भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

गोरखामा सिरानचोक गाउँपालिकालाई पुनःनिर्माणमा धार्चे गाउँपालिकाले पछ्याइरहेको छ। कूल चार हजार १ सय ६९ लाभग्राही रहेको धाचेर्मा ६७ प्रतिशतअर्थात् दुई हजार ७ सय ९९ ले घर बनाइसकेका छन्। त्यस्तै निजी आवास पुनःनिर्माणमा जिल्लामा आठौँ स्थानमा रहेको शहीद लखन गाउँपालिकामा ६४ दशमलव ८६ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको एकाइ प्रमुख आचार्यले जानकारी दिए। शहीद लखन गाउँपालिकामा सात हजार ६५ लाभग्राहीमध्ये चार हजार ५ सय ८३ ले घर बनाइसकेका हुन्।

जिल्लाको विकट उत्तरी क्षेत्रमा पर्ने चुमनुव्री गाउँपालिकाभित्रसमेत ६३ प्रतिशत निजी आवास पुनःनिर्माण भइसकेको छ। सडक सञ्जालको राम्रो पहुँच नपुगेको चुमनुव्री गाउँपालिकामा रहेका दुई हजार २ सय ७५ लाभग्राहीमध्ये एक हजार ४ सय ४९ ले घर निर्माण गरिसकेका हुन्। गोरखा जिल्लामा रहेका दुई मात्र नगरपालिकामध्ये पालुङटार नगरपालिका पनि पुनःनिर्माणमा सन्तोषजनक प्रगति हासिल गर्न सकेको छैन। अहिलेसम्म पालुङटार नगरपालिकामा ५५ दशमलव ७२ प्रतिशत मात्र घर निर्माण भएको आचार्यले जानकारी दिए।

हालसम्म जिल्लाभर पहिलो किस्ताको रकम बुझ्ने लाभग्राहीको संख्या ६४ हजार ७०३, दोस्रो किस्ता अनुदान रकम बुझ्नेको संख्या ५७ हजार ९ सय ८ रहेको एकाइले जनाएको छ। रासस

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width