पोखरामा एशियन कपको ट्रायथलन

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७६
Triatholon_Fotor

पोखरा, १२ वैशाख। एशियन कप ट्रायथलन प्रतियोगिता शनिबार पोखरामा हुने भएको छ। नेपाल ट्रायथलन संघको आयोजनामा पहिलो पटक सुन्दर नगरी पोखरामा स्प्रीन्ट विधामा प्रतिस्पर्धा हुने भएको हो।

अन्तराष्ट्रिय ट्रायथलन युनियनको मान्यताप्राप्त प्रतियोगिता फेवातालमा हुनेछ। जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशलगायतका विदेशी खेलाडीहरु प्रतिस्पर्धाका लागि नेपाल आइसकेका छन्।  जापानी र कोरियन खेलाडीहरु भने पोखरा भित्रिसकेका छन्।

दक्षिण एशियामा नै पहिलो पटक हुन लागेको प्रतियोगितामा प्रतिस्पर्धा गर्न आउने सबैभन्दा बढी खेलाडीहरु जापानका छन्। विश्व वरियतामा ६३ औं स्थानमा र क्षेत्रीय बरियतामा दोश्रो नम्बरमा रहेका जापानी खेलाडी माकोतो ओदाकुराले समेत सो प्रतियोगितामा सहभागिता जनाउने अन्तराष्ट्रिय ट्रायथलन युनियनले जनाएको छ।

पुरुषतर्फ १९ र महिलातर्फ ८ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ नेपलका खेलाडीहरु नितेश मानन्धर, बसन्त थारु र दीपेश चौधरीले प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ सोनी गुरुङ र केशरी थापामगरले प्रतिस्पर्धा गर्नेछन्। नेपाली खेलाडीहरुबीच मात्र हुने दुवाथलनमा ५ महिला र ८ पुरुष खेलाडीहरुको सहभागित रहने छ।

प्रतियोगितामा ट्रायथलन र दुवाथलनतर्फ प्रतिस्पर्धा हुनेछ। ट्रायथलनको स्प्रीन्टमा २० किमी साइक्लीङ, ७ सय ५० मिटर स्वीमिङ र ५ किमी दौड हुनेछ। दुआथलन स्प्रीन्टमा ५ किमी दौड, २० किमी साइक्लीङ, २.५ किमीको दौड हुनेछ। आयोजकले प्रतियोगिताको लागि गौरीघाटदेखि मुस्ताङ चोकसम्मको स्थललाई तोकेको छ।

एशियन कपअन्तर्गत दक्षिण एशियाली ट्रायथलन च्याम्पियनसीपसमेत आयोजना गरिने छ। नेपालले यसअघि छैटौ पटकसम्म दक्षिण एशियाली ट्रायथलन च्याम्पियनसीपको आयोजना गरिसकेको छ। नेपालले आयोजना गरेको अन्तराष्ट्रिय प्रतियोगितास्तर हेरेर अन्तराष्ट्रिय महासंघले नेपाललाई एशियन कपको आयोजना गर्ने अवसर प्रदान गरेको हो।

कुनै पनि अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न अन्तराष्ट्रिय ट्रायथलन युनियन (आइटीयु) को मान्यता लिनुपर्ने हुन्छ। नेपालले दक्षिण एशियमा नै अन्य राष्ट्रमा गर्न नसकेको प्रतियोगिता लगातार छैटौं पटकसम्म संचालन गरिसकेको छ। त्यसमध्येको परिणामलाई हेरेर आइटीयुले नेपाललाई एशिया कपको आयोजना गर्न दिएको नेपाल ट्रायथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले बताए।

प्रतियोगिताका लागि छुट्याइएको रुट गौरीघाटदेखि मुस्ताङ चोकसम्मको स्थानमा सवारी आवागमन र अवरोधलाई हटाउन पोखरा नगरबासीसँग अपीलसमेत गरिएको छ।

संघका अध्यक्ष श्रेष्ठका अनुसार यसका लागि नेपाल पुलिस, एपीएफ, ट्राफिक र सेनाहरुसँग छलफल भइसकेको र त्यसको लागि उनीहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतियोगितामा खेलाडीहरुको दुर्घटनालाई मध्यनजर राखेर काठमाडौं र पोखराका स्वास्थ्यकर्मीहरुको टोली परिचालन हुने र खेलाडीहरुको पहिलो पटक खेल स्थलमा नै प्रतिवन्धित औषधीको प्रयोगलाई निरुत्साहित गर्न डोपिङ टेष्ट गरिने समेत अध्यक्ष श्रेष्ठले बताए। नेपालमा ट्रायथलन खेलको विकास र विस्तार गर्नुका साथै यस खेलमार्फत विश्वलाई नेपालको पर्यटकीय गन्तब्यको रुपमा पहिचान गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगिताको तयारीसम्बन्धी सुनिश्चिता अध्ययन गर्न अन्तराष्ट्रिय निर्णायक टोली यस अघिनै पोखरा आइसकेको छ।

संघलाई राष्ट्रिय खेलकुद परिषदमा दर्ता गरी आधिकारीक संघको रुपमा स्थापना भएको हो। १२ औं सागमा पहिलो पटकको सहभागितामा नै नेपालले टिम स्पर्धामा रजत र रोजा केसीले ब्यक्तिगततर्फ कास्य पदक हात पार्न सफल भएकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • मुवाथाइको समर क्याम्प

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । मुवाथाइ खेलको विद्यार्थी लक्षित विशेष प्रशिक्षण शिविर ‘समर क्याम्प’ शनिबार पोखरामा सम्पन्न भएको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय…
  • मुवाथाइको समर क्याम्प

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । मुवाथाइ खेलको विद्यार्थी लक्षित विशेष प्रशिक्षण शिविर ‘समर क्याम्प’ शनिबार पोखरामा सम्पन्न भएको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय…
  • पोखरा १४ लाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ११, २०८०
    पोखरा । पोखरा वडा १४ ले अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा बिहीबार फाइनलमा वडा १५ लाई…
  • मुवाथाई सिकाइँदै

    आदर्श समाज सम्वाददाता जेठ १०, २०८०
    पोखरा । पोखरामा जारी मुवाथाईको समर क्याम्पमा सहभागीलाई मंगलबार मुवाथाईको सैद्धान्तिक पक्षबारे प्रशिक्षण दिइएको छ । थाइल्याण्डबाट सुरु मार्शल आर्ट…
  • प्रदेशस्तरीय एसइई फुटसल

    आदर्श समाज सम्वाददाता जेठ ८, २०८०
    पोखरा । स्टेप बाई स्टेप माध्यामिक विद्यालयले गण्डकी प्रदेशस्तरीय एसइई फुटसल प्रतियोगिता आयोजना गरेको छ । शनिबार प्रतियोगिता उद्घाटन गर्दै…

hero news full width