निभेको निभ्यै ट्राफिक लाइट

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७६
dang city

पोखरा, १२ वैशाख । पर्यटकीय नगरी पोखराको ट्राफिक व्यवस्थापन पछिल्लो समय चुनौती बन्दै गएको छ । सडकको दायरा नबढ्नु तर सवारी साधन दिनप्रतिदिन थपिँदै जाँदा यहाँको ट्राफिक व्यवस्थापन चुनौतीको विषय बन्दै गएको हो ।

त्यसो त ट्राफिक व्यवस्थापनको लागि महत्वपूर्ण मानिने ट्राफिक लाइट वर्षौदेखि निभेको निभ्यै छन् । जनआन्दोलन २०६२÷०६३ ताका आक्रोशित आन्दोलनकारीले पोखराका विभिन्न चोकमा राखिएका ट्राफिक लाइट फुटाइदिएपछि अहिलेसम्म निभेको निभ्यै भएका हुन् । त्यसको अवशेष अझै पनि पोखराको व्यस्त चोक महेन्द्रपुल, सिर्जनाचोक, चिप्लेढुंगा वीपीचोकमा देख्न सकिन्छ ।झण्डै १३ वर्षसम्म न त यसको मर्मत गरियो न त सरोकारवाला निकायले थप योजना नै ल्यायो ।

पोखरामा पहिलो पटक अवधारणा ल्याइएको ट्राफिक लाइटको इतिहास खोज्न आजभन्दा १७ वर्षअघि फर्किनुपर्छ । यातायात क्षेत्रमै लामो समयसम्म क्रियाशील रहेका पोखराका अशोक थापाले यसको भिजन बनाए । पोखरा ट्याक्सी व्यवसायी समितिका संस्थापक थापा ड्राइभिङ स्कुलका अवधारणाकर्ता समेत हुन् ।

उनी अध्यक्ष रहेको पी–क्यापले पोखरा नगरका तत्कालीन मेयर कृष्ण थापासँग सल्लाह गरेर योजना अघि सा¥यो । प्रमुख उद्देश्य थियो–पोखराको ट्राफिक व्यवस्थापन, चोकहरुको व्युटिफिकेसन र ट्राफिक लाइट ।

स्वच्छ सफा हराभरा पोखराको अभियानमा अघि बढेको नगरले पनि प्रमुख पर्यटकीय गन्तव्य पोखराको विकासका लागि सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा योजना स्वीकृत ग¥यो । २०५७ देखि २०६८ सालसम्म गरी कुल ११ वर्षसम्म पार्किङ शुल्क उठाउने सहित सम्झौता भएको थियो । त्यसमध्ये १ वर्ष निर्माण अवधि र बाँकी १० वर्ष काम गर्न पाइने थियो ।
पी–क्याप अध्यक्ष अशोक थापा सम्झिन्छन्, ‘हामीहरुले त्यसबेला करिब ५५ लाख रुपैयाँ खर्चियौं । यहाँको ट्राफिक व्यवस्थापनका लागि पार्किङ शुल्क अवधारणा ल्यायौं । ट्राफिक लाइट निर्माण गरे पनि केही वर्षमै आन्दोलनकारीले फुटाइदिए । अहिले पनि थप योजना लिएर महानगर पुग्दा खासै चासो दिँदैन ।’

लाखांै रुपैयाँ खर्चेर पोखराको वीपीचोक, सिर्जनाचोक र महेन्द्रपुलमा निर्माण गरिएका ट्राफिक लाइट २०५९ सालमा पहिलो पटक बलेका थिए । राष्ट्र बैंक चोकमा भने निर्माणको लागि पोलमात्र गाडिएको अवस्था छ । महेन्द्रपुलमा निर्माण गरिएको ट्राफिक लाइट थापाले स्वयं आफ्नै खर्चमा निर्माण गरेको बताए ।

हाल ओमा अटो पार्क प्रालि अध्यक्ष रहेका उनै थापाले यहाँ दीर्घकालीन योजनाका लागि फ्लाइओभर ब्रिज चाहिने बताउँछन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्र पोखराको ट्राफिक व्यवस्थापनमा निकै कठिनाइ भएको गुनासो गर्दछन् । उनी भन्छन्, ‘२० वर्षअघि २८ जनामात्र दरबन्दी रहेकोमा तीन गुणा बढी सवारीसाधन थपिँदासमेत उही दरबन्दी छ, हामीहरु विभिन्न सेक्टरमा काम गर्नेहरुलाई खटाएर जसोतसो व्यवस्थापन गर्दैआएका छौं ।’

उनका अनुसार मनुअलभन्दा सिष्टमले काम गर्दा धेरै सजिलो हुन्छ । जनशक्ति अन्यत्र परिचालन गर्न सकिन्छ तर समयमै स्पष्ट भिजन नहुँदा स्मार्ट सिटीको परिकल्पना सीमित होलाजस्तो छ ।

यातायात व्यवस्था कार्यालय गण्डकीका अनुसार हाल पोखरा नगरमा दैनिक २ लाख २५ हजार साना ठूला सवारीसाधन गुड्छन् । सो कार्यालयको २०५४ को तथ्यांकमा ४५ हजार सवारीसाधन दर्ता भएकोमा सो संख्या बढेर हाल १ लाख ६७ हजार ४ सय ३३ सवारीसाधन दर्ता भएका छन् ।

स्मार्ट सिटी अवधारणामा अघि बढेको देशकै सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको पोखरा महानगरपालिले ट्राफिक लाइट निर्माण योजना अघि सारेको जनाएको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले यसबारे सर्भे भैसकेको र रिपोर्ट आइसकेपछि चालु आवभित्रै निर्माण सम्पन्न गरिसक्ने बताए ।

महानगरपालिकाका इञ्जिनियर सुरेन्द्र पौडेलले पनि यसबारे सर्भे भैसकेको र रिपोर्ट आइसकेपछि काम अघि बढ्ने जानकारी दिए । उनका अनुसार पोखराका महत्वपूर्ण १० स्थानमध्ये अमरसिंहचोक, पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक र हल्लनचोकमा सडक विभागले तथा महेन्द्रपुल, वीपीचोक, सिद्धार्थचोक, राष्ट्र बैंकचोक र मुस्ताङचोकमा महानगरले ट्राफिक लाइट निर्माण गर्नेछ । ती ट्राफिक लाइट सोलार सिष्टमजडित आधारित हुने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width