पोखरा भित्र १५ जना मलेरिया रोगी

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७६
Health_Office_Lamjung_pic_9YikOJFq8I

????????????????????????????????????

पोखरा, १२ वैशाख । पोखरा नगर क्षेत्रभित्र १५ जनामा मलेरिया रोग भेटिएको छ ।

विश्व औलो दिवस २०७६ को अवसरमा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशद्वारा विहीवार पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रममा सो कुराको जानकारी दिईएको हो ।

कास्कीमा १६ जना औलो रोगका विरामी भएकोमा १५ जना महानगरपालिका भित्र कै भएको कास्कीका जनस्वास्थ्य प्रमुख राजेन्द्र घिमिरेले जानकारी दिएका छन् ।

गण्डकी प्रदेशमा ३६ जना मलेरियाका विरामी र नेपालमा १ हजार १ सय ८७ विरामी रहेको तथ्याङक उनले दिए । मलेरिया रोग पोथी लामखुट्टेको टोकाइबाट सर्ने जनस्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले वताए । नेपालमा ४ सय जातका लामखुट्टे पाइने र तिनले विभिन्न रोग जस्तै मलेरियाको पनि संक्रमण गराउने उनले वताए ।

निर्देशनालय जनस्वास्थ्य प्रशासक श्रवणकुमार नायकको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निरीक्षक गोविन्द ढकाल, विनिता सुवेदी र वडा नं ८ का वडा सदस्य किरण गौतम लगायतले वोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width