जुम्ला, १२ वैशाख । जुम्लाको पातारासी गाउँपालिका– ५ की ८५ वर्षीया लाउरी बुढाले बुधबारदेखि सञ्चालन भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गरिन । स्वास्थ्य परीक्षण गर्दा उनको पाठेघरमा समस्या रहेछ ।
सधैं गनाउने सेतोपानी झर्ने, ढाड दुख्नेजस्ता लक्षण देखिएको उनको स्वास्थ्य परीक्षण गर्दा पाठेघरको समस्या रहेछ । उनको मात्र हैन स्थानीय ६५ वर्षीया काली बुढाको स्वास्थ्य परीक्षण गर्दा समस्या उस्तै देखियो । स्वास्थ्य परीक्षणले उक्त गाउँका अधिकाशं महिलामा त्यस्तो समस्या छ ।
गाउँपालिकाका स्वास्थ्य उप–संयोजक रतन बुढ्थापाका अनुसार निःशुल्क उपचार सहितको स्वास्थ्य परीक्षणमा यहाँका अधिकांश महिलाको पाठेघरमा समस्या देखिएको छ । उनले भने–महिलाको पाठेघरमा समस्या देखिनुको प्रमुख कारण भनेको कलिलै उमेरमा विवाह गर्नु, प्रजनन अङ्ग परिपक्व नहुँदै बच्चा जन्माउनु, बढी बोझिला काम गर्ने र पोषणयुक्त खानाको आभाव नै हो ।
गाउँपालिकाले घरदैलोमै निःशुल्क स्वास्थ्य परीक्षण गरी महिलाका पाठेघरमा देखिएका समस्या निको पार्न औषधि उपचारदेखि जटिल समस्या देखिएका महिलालाई अस्पतालमा पठाउने कार्य भइरहेको जानकारी रतन वुढाथापाले दिए ।
बाल विहाहकै कारण महिलामा पाठेघर लगायतका अन्य रोगहरु निम्तने हुदा बाल विवाहविरुद्ध घरदैलो अभियान सञ्चालन गरिने उक्त गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहोराले बताए । जुम्ला जिल्ला मध्ये सवैभन्दा वढी बाल विवाह गर्ने पातारासी गाउँपालिका पर्छ ।
गाउँपालिकाद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा आँखा, कान, दाँत, हाडजोर्नी, छाला र स्त्री रोगसम्बन्धी जाँच गरिएको छ । शिविरको पहिलो दिनमै ५०० वढीले स्वास्थ्य परीक्षण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे
ढिकुरपोखरीस्थित महिला सञ्जालको क्षमता अभिवृद्धि तालिम
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
रेशम चौधरीसहित ५०१ लाई आम माफी
hero news full width
मुख्य समाचार
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०