लमजुङ, ११ बैशाख । लमजुङको जिल्ला सदरमुकाम स्थित एक दर्ता समेत नगरिएको किराना पसलको गोदाम भरी म्याद गुज्रेका सामग्री फेला परेको छ । जिल्ला अनुगमन समितिको टोलीले ती सबै सामग्री बरामद गरी नष्ट गरेको हो ।
बेसीशहर नगरपालिका– ३ मूलपानीस्थित सुरज किराना स्टोर्सको गोदामका अधिकांश खाद्य सामग्री म्याद गुज्रेको अवस्थामा भेटिएको जिल्ला अनुगमन अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए । उनका अनुसार गोप्य सूचनाका आधारमा छापा मार्दा म्याद सकिएका ती सामग्री भेटिएको हो । ‘गोदाममा रहेका ९९ प्रतिशत खाद्य सामग्रीको म्याद गुज्रिएको भेटियो’ उनले भने, ‘अनुगमन टोलीले पहिलो दिन गोदाम सिल ग¥यौं र भोलिपल्ट गएर सबै सामग्री उठाएर ल्याएका हौं ।’ ती सामग्री जिल्लाको दुर्गम क्षेत्रतिर पठाउनका लागि त्यसरी राखिएको अनुमगन टोलीले आंकलन गरेको उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष डम्बर अधिकारीले बताए । उनका अनुसार उक्त पसलको दर्ता समेत रहेन छ । सो पसललाई तीनदिन भित्र पसल दर्ता गर्न चेतावनी दिइएको सप्रजिअ सुनारको भनाई छ ।
अनुगमनको क्रममा पुतली श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका रौतहट जिल्ला बौदिमाई नगरपालिका– ७ घर भएका रामकिशोर राउतको गोदाममा म्याद गुज्रेका सामान फेला परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो गोदाममा फेला परेका सामग्रीमा क्यान्टी मिठाई र चुइगम ४ सय ६५ बट्टा, जेली चकलेट ९१ वटा, मिट मसला ६५ माला, किन्डर जोय ४० पोका, जेम्स चकलेट ४० पोका, पान्डा किन्डरजोय ४० जार म्याद गुज्रेको भेटिएको सहायक प्रजिअ सुनारले जानकारी दिए । उनका अनुसार अन्य सामग्रीमा भुटेको चना केराउ २० माला, हाजमोला २० बट्टा, ट्यांक ४५ पोका, मोटुपत्लु ३० बट्टा, काँचा आप २७ पोका, चोकोबार चकलेट २५ प्याक, कफि क्यान्डी २० पाउच, पोलो मिठाई ५ बट्टा र ललिपप मिठाई १ कार्टुन बरामद गरी नष्ट गरिएको छ ।
बैशाख २ गतेबाट गोदाम सञ्चालन गरेको जानकारी दिँदै गोदामका सञ्चालक रामकिशोर राउतले पोखरामा एक व्यवसायीको पसल किनेको र ल्याउँदा म्याद गुज्रेको परेको बताए । उनका अनुसार ती खाद्य सामग्री साँढे २ लाख रुपैयाँ बराबरका हुन् । आफैंले गाउँगाउँ लगेर विक्री गर्ने योजना बनाएको तर प्रशासनले सामग्री उठाएर नष्ट गरी दिएको राउतको भनाई छ ।
लमजुङ उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरू लगायतको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । बरामद गरिएका सामग्री अनुगमन कर्ताहरूको रोहबरमा नष्ट गएको प्रनाउ यादव ढकालले बताए । उनका अनुसार उक्त गोदाममा गई म्याद गुज्रेका सबै सामान जफत गरिएको छ ।
लमजुङ उद्योग वाणिज्य संघले पटक पटक करको दायरामा ल्याउन खोज्दा पनि कयौँ व्यवसायीहरू दायरामा ल्याउन नसकिएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए । उनका अनुसार जिल्लामा दर्ता नभएका पसलको संख्या दुई हजारको हाराहारीमा रहेको अनुमान छ ।
Related News
सम्बन्धित समाचार
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
हङकङ बजारका व्यवसायीले घेरे महानगर कार्यालय
लगानीमा साझेदारी गर्न महानगर र ग्रीन बैंकबीच सम्झौता
‘सहकारीका समस्या समाधान गर्न सरोकारवालाहरु एकतावद्ध होऔ’
ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०गण्डकीको नीति तथा कार्यक्रम आज
जेठ २१, २०८०