वालिङ, ११ बैशाख । वालिङ नगरपालिको वडा नं २ का दलित तथा विपन्न समुदायलाई लक्षित गरी बुधबार बाख्रा वितरण गरिएको छ ।
गरीवसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत वालिङ २ का तिलडाँडा, छप्राक र धौखोलाका स्थानीयलाई बुधवार ४८ वटा बाख्रा वितरण गरिएको हो ।
दलित तथा विपन्न परिवारलाई बाख्रा वितरण गर्दै वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले बाख्रा तथा बंगुरपालनलाई निर्वाहमुखीभन्दा पनि ब्यवसायिक तबरले पालन गर्नुपर्नेमा जोड दिए । उनले एकलरुपमा लगानी तथा अन्य समस्याहरु आउन सक्ने भएकाले पनि सामूहिकरुपमा पशुपालन गर्न सके निक्कै फाईदा पुग्ने विचार ब्यक्त गरे ।
“बाख्रा, बंगुरपालन तथा अन्य सीपका लागि ब्यवसायिक अभिबृद्धि तालिम प्रदान गर्नेछौं” प्रमुख प्रशासकीय अधिकृत सुबेदीले भने, “अब तपाईहरु बाख्रा, बंगुरहरु लिने मात्रै नभई सक्षम छौं भन्ने देखाउने गरी कार्य गर्न आग्रह गर्दछु ।”
पशुपालन ब्यवसायलाई अपनत्व महशुस हुने गरी थप ब्यवस्थित तबरबाट अगाडि बढ्न सुझाव दिंदै प्रमुख प्रशासकीय अधिकृत सुबेदीले खोर तथा डाले घाँसको ब्यवस्थापन गर्नतर्फ ध्यान दिन आग्रह गरे । कार्यक्रममा वडा अध्यक्ष पोतप्रसाद लम्सालले गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत नै हालसम्म ७८ वटा बाख्रा र ३५ वटा बंगुरका पाठापाठी वितरण गरिएको बताए ।
तिलडाँडा, छप्राक र धौखोलाका २२७ दलित तथा विपन्न समुदायका घरधुरीलाई प्रत्येक घरलाई १÷१ वटाका दरले बाख्रा वा बंगुरका पाठापाठी चालु आर्थिक वर्षभित्रै वितरण गरिने अध्यक्ष लम्सालले बताए ।स्थानीय छप्राक, तिलडाँडा टोल विकास समितिका अध्यक्ष भोजबहादुर सार्कीले गरीबसँग विश्वेश्वर कार्यक्रम यहाँ सञ्चालन गरेर दलित तथा विपन्न वर्गको उत्थानमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
hero news full width
मुख्य समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
जेठ १५, २०८०आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
जेठ १५, २०८०गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०