पोखरा, १० वैशाख। पूर्व एमाले र माओवादी केन्द्रबीचको एकता भएको ११ महिना बित्यो। तीन महिनामा सक्ने भनिएको सांगठनिक एकता टुंगिनै १ वर्षको समय नेता तथा कार्यकर्ताले पर्खनु पर्यो तर पनि अधिकांश नेता तथा कार्यकर्ता सन्तुष्ट बनेका छैनन्।
नेकपाले सोमबार जिल्ला कमिटी अध्यक्ष र सचिव टुंगो लगाएको छ। साविकको माओवादीतर्फ पुष्पकमल दाहाल एक्लैले नाम टुंगाए पनि साविकको एमालेतर्फ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच नाम टुंगाउन लामै घम्साघम्सी नै चल्यो। तर अझै नेपाल पक्ष सन्तुष्ट छैन।
सोमबार घोषणा भएको ७७ जिल्ला कमिटीमध्ये साविकको एमालेले भागमा ४४ जिल्ला पर्यो। पूर्व माओवादीले ३३ जिल्लाको नेतृत्व पायो।
साविक एमालेले भागमा परेको ४४ जिल्लामध्ये पनि ओली पक्षले २८ जिल्लामा नेतृत्व कब्जा गरेपछि माधव नेपाल पक्षले भने १६ जिल्ला नेतृत्वमा चित्त बुझाउनुपरेको छ।
त्यस्तै ३३ सचिव भागमा आएकोमा ओली पक्षले ११ छन् भने माधव नेपाल पक्षका २२ जना छन्। समग्रमा हेर्ने हो भने ७७ जिल्लामध्ये ३९ मा ओली पक्षले अध्यक्ष र सचिवमध्ये एक पद पाएको छ। त्यस्तै ३८ जिल्लामा माधव नेपाल पक्षले अध्यक्ष र सचिवमध्ये एक पदमा आफ्नो पक्षको ठाउँ सुरक्षित बनाएको छ। कास्कीमा ओली निकटका कृष्ण थापा अध्यक्ष चयन भएका छन्। उनी गण्डकी प्रदेश सांसद समेत हुन्।
न्यौपानेले बुझाए राजीनामा
बुटवल/नेपाल कम्युनिष्ट पार्टीले देशैभरीका जिल्ला अध्यक्ष र सचिवमा मनोनयन गरेसँगै जिल्ला जिल्लामा असन्तुष्टि र विरोधका स्वर आएका छन्।
रुपन्देहीमा सचिवमा मनोनीत गरिएका दघिराम न्यौपाने माधवले सो पदबाट राजीनामा गरेका छन्। पार्टीको केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य भएकाले उक्त पदमा नैतिकताका आधारमा बस्न नसक्ने भन्दै उनले पार्टी हेडक्वार्टर र प्रदेश प्रमुखलाई लिखित रुपमा राजीनामा बुझाएका हुन्।
तत्कालीन माओवादी पोलिट्व्यूरो सदस्य समेत रहेका शर्माले घटुवाको पद आफ्ना लागि स्वीकार्य नभएको प्रतिक्रिया दिए।
उनले भने, ‘पार्टीको केन्द्रिय सदस्य हुँदाहुँदै सो पार्टीको जिल्ला सचिवमा बस्न नसुहाउने भन्दै उक्त जिम्मेवारीबाट राजीनमा दिएँ। ’ उनले सो पदमा यस अघि नै जिल्लामा सहमत भैसकेकोले नारायणबहादुर जिसी निर्मललाई प्रस्ताव गरेका छन्। राजीनामासँगै उनले सो प्रस्ताव पनि गरेका ह्न्।
मंगलबार पार्टी हेडक्वाटरमा इमेलमार्फत तथा बुटवलमै रहेका प्रदेश संयोजक एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई भेटेरै उनले राजीनामा बुझाएका हुन्।
बुटवल उपमहानगरपालिकाका मेयर तथा पार्टी प्रदेश सदस्य शिवराज सुवेदीलाई अध्यक्षमा तथा प्रदेश सांसद एवं पार्टी केन्द्रिय सदस्य न्यौपानेलाई सचिवमा मनोनीत गरिएको थियो।
यसअघि नै रुपन्देहीमा अध्यक्षको लागि गोपाल भट्टराई र सचिवमा नारायण जिसीको नाम सिफारिस भएको थियो।
रुपन्देहीको अध्यक्षको जिम्मेवारी बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई दिएपछि भट्टराईले पनि असन्तु्ष्टि जनाएका छन्। भट्टराईले पार्टीको नीतिगत निर्णय गलत गरेको बताए।
Related News
सम्बन्धित समाचार
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ
नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन
विस्मृतिमा अन्नपूर्ण प्रथम हिमाल
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०गण्डकीको नीति तथा कार्यक्रम आज
जेठ २१, २०८०भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
जेठ २१, २०८०