गण्डकीलाई ह्याण्डबलमा स्वर्ण

नारायण शाही
वैशाख ११, २०७६
handball_Fotor

नेपालगञ्ज, १० वैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ह्याण्डबल पुरुषतर्फ गण्डकी प्रदेशले स्वर्ण पदक जित्न सफल भएको छ।

नेपालगञ्जमा मंगलबार भएको फाइनलमा विभागीय एपीएफलाई ३७—३३ गोलअन्तरले पराजित गर्दै गण्डकीले समूहतर्फ पहिलो स्वर्ण पदक प्राप्त गरेको हो।

सो जितमा सन्तोष श्रेष्ठले सर्वाधिक १६ गोल योगदान दिए। कप्तान विशाल बस्नेतले ८, शरन थापाले ५, दिनेश श्रेष्ठले ४, चन्द्र केसीले ह्याट्रिक र विमल थापाले एक गोल गरे।

एपिएफका लोकेन्द्र चन्द र सञ्जीव कार्कीले समान १० गोल गरे।

गण्डकीले पहिलो हाफको तुलनामा दोश्रो हाफमा खेल सुधार गर्दै स्वर्ण हात पारेको हो। त्रिभुवन आर्मीले कास्य पदक हात पारेको छ। आर्मीले प्रदेश ३ लाई ४२–२४ गोलको फराकिलो अन्तरले पराजित गर्दै कास्य पदक हात पारेको हो।

यस्तै, ह्याण्डबल महिलातर्फ गण्डकी कास्यमा सीमित भयो। खेलमा त्रिभुवन आर्मीले स्वर्ण पदक जितेको छ। आर्मीले एपिएफलाई १७–१४ गोलअन्तरले पराजित गर्दै स्वर्ण जित्दा तेश्रो स्थानको लागि भएको खेलमा गण्डकीले प्रदेश १ लाई ७–५ गोलअन्तरले पराजित गरेको हो। गण्डकीको जितमा योगिता गुरुङले सर्वाधिक ४ गोलको योगदान दिइन्। कोमली खड्का, स्वेता गुरुङ र निश्मा बस्नेतले एक/एक गोल गरे।

ह्याण्डवलमा नेपाल पुलिस र एनआरएनए बाहेक ९ टिमको सहभागिता रहेको थियो। वैशाख ५ देखि उक्त प्रतियोगिता शुरु भएको थियो।

विजयीलाई राष्ट्रिय खेलकुद परिषद उपाध्यक्ष पिताम्वर तिमिल्सिना, राखेप सदस्य राजेशकुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष सम्पन्न श्रेष्ठ, राखेपका पूर्वसदस्य खड्गबहादुर रानाभाट, नेपाल ह्याण्डवल संघ अध्यक्ष तेजबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए।

उता, गण्डकी प्रदेशले आर्चरीमा ५ स्वर्ण ४ रजत ३ कास्य पदक सहित १२ वटा पदक हात पार्न सफल भएको छ।

आर्चरीमा त्रिभुवन आर्मीले ५ स्वर्ण २ रजत र ५ कास्य पदक सहित ११ पदक हात पार्न सफल भएको प्रशिक्षक योगेन्द्र शेरचनले बताए।

आर्चरी खुला भएकोले उक्त मेडलको प्रतियोगितामा गणना हुने छैन। हालसम्म गण्डकी प्रदेशले आर्चरी बाहेक ९ स्वर्ण पदक ल्याएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष श्रेष्ठले बताए।

फुटबलतर्फ पहिलो सेमिफाइनल खेलमा नेपाल आर्मीले आयोजक प्रदेश ५ लाई टाइब्रेकरमा पराजित गरी फाइनलमा यात्रा बनाएको छ।

त्यस्तै खजुरामा भएको राष्ट्रिय पुरुष भलिबलमा गण्डकी प्रदेश नेपाल पुलिससँग सेमिफाइनलमा १–३ को सेटमा पराजित भएको गण्डकीका म्यानेजर देवेन्द्र केसीले बताए।

Related News

सम्बन्धित समाचार

  • पोखरामा हाफ म्याराथन हुने

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८०
    लेखनाथ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा शनिबार हाफ म्याराथन हुने भएको छ…
  • प्रदेशस्तरीय पुरुष बास्केटबल सुरु

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८०
    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना पोखरा रंगशालामा बिहीबारदेखि गण्डकी प्रदेशस्तरीय पुरुष बास्केटबल प्रतियोगिता सुरू भएको छ । ३…
  • टेबलटेनिस खेलाडीको छनोट

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८०
    पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा कास्की जिल्ला टेबलटेनिस संघको व्यवस्थापनमा गण्डकी प्रदेशस्तरीय टेबुलटेनिस प्रतियोगिताको लागि कास्कीका खेलाडी…
  • अन्तरसामुदायिक विद्यालयस्तरीय छात्रछात्रा क्रिकेट सुरु

    आदर्श समाज सम्वाददाता जेठ २५, २०८०
    पोखरा । दोस्रो संस्करणको ब्रेकिङ बाउन्ड्रिज कास्की जिल्लास्तरीय अन्तरसामुदायिक छात्रछात्रा टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । पोखरा क्रिकेट…
  • गण्डकी कबड्डी संघमा पवन

    आदर्श समाज सम्वाददाता जेठ २४, २०८०
    पोखरा । पवनकुमार प्रजापतीको अध्यक्षतामा १२ सदस्यीय गण्डकी प्रदेशस्तरिय कबड्डी संंघ गठन भएको छ । पोखरामा मंगलबार प्रथम अधिवेशनले पोखरा…

hero news full width