घुस लिने सुरज पक्राउ

रासस
वैशाख १०, २०७६
Nepali-Cash

काठमाडौँ, १० वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी किताबखाना लैनचौरमा कार्यरत कम्प्युटर अपरेटर सुरज केसीलाई दश हजार घुस लिएको अभियोगमा मंगलवार पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार निवृत्तिभरणको अधिकारपत्र बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिएको अभियोग केसीमाथि लागेको छ । कम्प्युटर अपरेटर केसीलाई आयोगको टोलीले मंगलवार कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । आरोपी केसीमाथि अनुसन्धान थालिएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width