पोखरा, १० वैशाख । पूर्व एमाले र माओवादी केन्द्रवीचको एकता भएको एघार महीना वित्यो । तीन महिनामा सक्ने भनिएको सांगठनिक एकता टुङ्गिनै एक वर्षको समय नेता तथा कार्यकर्ताले पर्खनु प¥यो तर पनि आधिकाशं नेता तथा कार्यकर्ता सन्तुष्ट बनेका छैनन् ।
नेकपाले सामेवार जिल्ला कमिटी अध्यक्ष र सचिव टुङ्गो लगाएको छ। साविकको माओवादीतर्फ प्रचण्ड एक्लैले नाम टुङ्ग्याएपनि साविकको एमाले तर्फ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच नाम टुङ्गयाउन लामै घम्साघम्सी नै चल्लयो तर अझै नेपाल पक्ष सन्तुष्ट छैन ।
आइतबार साविकको एमालेतर्फ आफूले नेतृत्व पाउने जिल्लामा विगतमा निर्वाचित अध्यक्षलाई नेतृत्व दिने र नेतृत्व नपाएका जिल्लामा अध्यक्षलाई सचिव बनाउने गरी सहमति जुट्यो। सोमबार घोषणा भएको ७७ जिल्ला कमिटीमध्ये साविकको एमालेले भागमा ४४ जिल्ला प¥यो । पूर्व माओवादीले ३३ जिल्लाको नेतृत्व पायो ।
साविक एमालेले भागमा परेको ४४ जिल्ला मध्ये पनि ओली पक्षले २८ जिल्लामा नेतृत्व कब्जा गरेपछि माधव नेपाल पक्षले भने १६ जिल्ला नेतृत्वमा चित्त बुझाउनु परेको छ । त्यस्तै ३३ सचिव भागमा आएकोमा ओली पक्षले ११ छन् भने माधव नेपाल पक्षका २२ छन् । समग्रमा हेर्ने हो भने ७७ जिल्ला मध्ये ३९ मा ओली पक्षले अध्यक्ष र सचिवमध्ये एक पद पाएको छ। त्यस्तै ३८ जिल्लामा माधव नेपाल पक्षले अध्यक्ष र सचिवमध्ये एक पदमा आफ्नो पक्षको ठाउँ सुरक्षित बनाएको छ। कुन पक्षले कहाँ अध्यक्ष पाए सूची सहित
माधव नेपाल पक्षका अध्यक्ष
राम राना – इलाम
लक्ष्मण तिवारी–तेह्रथुम
हेमराज घिमिरे –संखुवासभा
रेवती पन्थ –सर्लाही
कमल यादव – रौतहट
प्रभु हजारा – पर्सा
मुनु सिग्देल – मकवानपुर
कन्र्याल तमाङ – रसुव
झम्क नेपाल – सिन्धुपाल्चोक
इन्द्रलाल सापकोटा – बागुलङ
तुलसी राम शर्मा – प्युठान
टिकाराम खड्का – दाङ
ध्रुव शाही –सुर्खेत
दत्तबहादुर रोकया – डोल्पा
शेरबहादुर कुँवर – अछाम
रतन थापा – कैलाली
केपी ओली पक्षका अध्यक्ष
राजकुमार भण्डारी – पाँचथर
चिन्तन पाठक – झापा
विनोद ढकाल – मोरङ
राजेन्द्र राई – धनकुटा
प्रेमकुमार राई – भोजपुर
मनवीर राई – सोलुखुम्बु
राजकिशोर यादव – धनुषा
इश्वरचन्द्र पोखरेल – दोलखा
भूमि त्रिपाठी – धादिङ
कृष्ण राई – काठमाडौं
बचन देउजा – भक्तपुर
हरिकृष्ण ब्यन्जनकार – ललितपुर
कृष्ण थापा – कास्की
केदार सिग्देल – तनहुँ
रोशन गाहामगर – पूर्व नवलपरासी
चन्द्रमोहन गौचन – मुस्ताङ
पाल्देन छोपाङ गुरुङ – मनाङ
मधुकृष्ण पन्त – गुल्मी
चेतनारायण यादव – अर्घाखाँची
नारायण आचार्य – पाल्पा
शिवराज सुवेदी – रुपन्देही
झविलाल पोखरेल – कपिलवस्तु
रवीन्द्र शर्मा – दैलेख
गोविन्द पुन – सल्यान
कालिबहादुर शाही – बाजुरा
चक्र मल्ल – डोटी
सुरेन्द्र पाल – बैतडी
Related News
सम्बन्धित समाचार
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
गण्डकीको नीति तथा कार्यक्रम आज
hero news full width
मुख्य समाचार
भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
पोखराबाट कांग्रेस नेतृत्वलाई खबरदारी : पार्टीको चाल, चेहरा र चरित्र फेर्न रुपान्तरण अभियान
जेठ २०, २०८०ओलम्पियनहरु पोखरामा भेला
जेठ २०, २०८०मध्यपहाडी लोकमार्ग : याम्दी–हरिचोक खण्डमा धुलो हिलोको सास्ती
जेठ २०, २०८०एमालेको संगठन विभागबाट खगराज बाहिरिए, पिएसको जिम्मेवारी फेरियो
जेठ १९, २०८०चिप्लेढुंगाका फलफूल व्यवसायी न्यौपाने दम्पतिको निधन
जेठ १९, २०८०