तनहुँ, ९ वैशाख । बसको ठक्करबाट सोमवार तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाेखरा–३३ भरतपाेखरी पुडिटार निवासी ३१ वर्षीय सन्दिप कुँवर रहेका छन् ।
बसको ठक्करबाट गम्भीर घाइते कुवँरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । पोखराबाट दमौली आउँदै गरेको प्रदेश ३–०२–००१ प ६०३५ नं को मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख ८४१० नं को बसले पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो ।
मोटरसाइकलमा पछाडि सवार पोखरा–७ माझफाँट निवासी सिर्जना राउतको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको उनले बताए ।
Related News
सम्बन्धित समाचार
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
कास्कीकाे नाउडाँडामा २ जनाकाे ज्यान जानेगरी दुर्घटना गराएर भागेका मल्ल काठमाडौंबाट पक्राउ
जीप दुर्घटना एकै ठाउँका पाँचको मृत्यु
टिपर दुर्घटनामा एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर युवतीको मृत्यु
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९