ह्याण्डबलमा गण्डकीका दुवै टिम सेमीफाइनलमा

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७६
gandaki hand ball team

नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत ह्याण्डबलमा गण्डकी प्रदेशबाट महिला पुरुषतर्फको दुवै टिम सेमीफाइनल प्रवेश गरेको छ। गण्डकीको पुरुषतर्फको ह्याण्डबल प्रतियोगिताको लिग चरणमा चार खेल जित्दै सेमिफाइनल पुगेको हो।

समुह ए मा रहेको गण्डकीले कर्णाली, विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, आयोजक प्रदेश नं ५ र प्रदेश नं ७ सँगको खेलमा चार खेल जित्दै समुह विजेता बन्दै सेमीफाइनल पक्का गरेको छ।

सोमबारदेखि सेमीफाइनलका खेलहरु हुनेछन्। सेमीफाइनलमा गण्डकीले प्रदेश नं ३ सँग सेमीफाइनल खेल खेल्नेछ। विभागीय आर्मीले अर्को विभागीय सशस्त्रको एपीएफसँग सेमीफाइनल खेल्नेछ।

आइतबार भएको अन्तिम लिग चरण्को खेलमा गण्डकीले पुरुषतर्फ आयोजक प्रदेश नं ५ लाई ४२–१२ को फराकिलो गोल अन्तरले हरायो। गण्डकीको जितमा चन्द्र केसीको सर्वाधिक ११ गोलको योगदान रह्यो।

त्यस्तै, महिलातर्फको खेलमा गण्डकीले तीन जित निकाल्दै समुह उपविजेता बन्दै सेमीफाइनल पक्का गर्यो। गण्डकीले प्रदेश नं ३, प्रदेश नं ५ र कर्णालीसँगको खेलमा जित निकाल्यो भने विभागीय आर्मीसँगको खेल हारेपनि उपविजेता बन्दै सेमीफाइनलमा सशस्त्रसँगको भेट पक्का गर्यो।

महिलातर्फको ह्याण्डबलमा विभागीय सशस्त्रको एपीएफले चार खेल जित्दै सेमीफाइनल पुगेको हो। सेमीफाइनलमा गण्डकीले विभागीय सशस्त्रको एपीएफसँग खेल्नेछ भने विभागीय आर्मी र प्रदेश नं १ दोस्रो सेमीफाइनल खेल खेल्नेछ।

लिग चरणको अन्तिम खेलमा गण्डकीले विभागीय नेपाली सेनाको त्रिभुवन आर्मीसँग ७ गोलविरुद्ध ३० गोलको फराकिलो अन्तरले हार्यो। उक्त खेलमा आर्मीका कोपिला राईले सर्वाधिक ११ गोल गरिन्।

ह्याण्डबलमा पुरुषतर्फको खेलमा स्वर्ण र महिलातर्फको खेलमा गण्डकी प्रदेशले कास्य पदकको आशा गरेको सहकायक प्रशिक्षक गणेश अर्यालले बताए। प्रशिक्षक अर्यालले भने, ‘पुरुषतर्फको ह्याण्डबल सेमीफाइनल खेल सजिलै जित्छौं, फाइनलका लागि रणनीति बनाएर स्वर्ण जित्ने दाउमा हुनेछौं।’

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width