आठौं राष्ट्रिय प्याराग्लाईडिङमा सेनाको उत्कृष्ट प्रदर्शन

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७६
paragliding photo 8_Fotor

पोखरा, ८ बैशाख। आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा जारी प्याराग्लाईडिङ तर्फ नेपाली सेनाको त्रिभुवन क्लबले एक्यूरेसी र क्रसकन्ट्री तर्फका दुबै इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रस्थानमा रहेको छ।

दोश्रो दिनको खेल जारी रहँदा सम्म एक्यूरेसी टिम इभेन्टमा नेपाल सेनाले हिजोको आफ्नो प्रदर्शनलाई दोर्हाउँदै १४५ अंकका साथ प्रथम स्थानमा रहेको छ। त्यसै गरि प्रदेश नं १, ९५५ अंकका साथ दोश्रो र गण्डकी प्रदेश १३५५ अंकका साथ तेश्रो स्थानमा उभिएको छ।

पुरुष ईन्डिभिजुअल एक्यूरेसी तर्फ पनि नेपाली सेनाले आफ्नो उत्कृष्ट प्रदर्शन दोर्हाउँदै प्रथम स्थानमानै आफूलाई उभ्याएको छ। पुरुष ईन्डिभिजुअल एक्यूरेसीमा नेपाली सेना खेलाडीहरू सागर जलारी र सागर नेपाली बिच तीव्र प्रतिष्पर्धा देखिएको छ। जलारी ८ अंकका साथ अग्रस्थानमा छन भने नेपाली ११ अंकका साथ दोश्रो स्थानमा छन। प्रदेश नं १ का रोशन बस्नेत १९ अंकका साथ तेश्रो स्थानमा छन।

महिला ईन्डिभिजुअल एक्यूरेसी तर्फ समेत नेपाली सेना अग्रस्थानमा रहेको छ। दुई दिनको खेल तालिकामा नेपाली सेनाकी दुर्गामाया १७७ अंकका साथ प्रथम स्थानमा उक्लिएकी छन। त्यसैगरि गण्डकी प्रदेशकी सबिता तामाङ २८७ अंकका साथ दोश्रो र गण्डकी प्रदेशकै प्रतिभा बोगटी ३७९ अंकका साथ तेश्रो स्थानमा रहेकी छन।

टिम एक्यूरेसी र ईन्डिभिजुअल एक्यूरेसीको दुई दिनको खेलमा ४ राउण्डका खेल सम्पन्न भएको हो। सोमबार अन्तिम एक राउण्डको खेल बाँकी रहेको इभेन्ट म्यानेजर बिमल अधिकारीले जानकारी दिए।

यता क्रसकन्ट्री तर्फ आज ३० किलोमिटरको टास्क सम्पन्न भएको छ। क्रसक्रन्ट्री तर्फ पनि नेपाली सेनाले उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ। क्रसकन्ट्री टिम इभेन्टमा ५९३३ अंकका साथ पहिलो स्थान बनाएको छ भने गण्डकी प्रदेश ५८९३ का साथ दोश्रो र प्रदेश ३ ५६९५ का साथ तेश्रो स्थानमा रहेको छ।

क्रसकन्ट्री इन्डिभिजुअल पुरुष तर्फ आजको खेलमा नेपाली सेनाका सुरज थापाले ९१३ अंक बटुलेका छन भने गण्डकीका आशिष थापाले ८६९ र नेपाली सेनाका निशिन थापाले ८१८ अंक बटुलेका छन। हिजो र आज गरि पुरुष इन्डिभिजुअल तर्फ अंकका आधारमा ओभरअलमा नेपाल सेनाका सुरज थापा १७४६ अंकका साथ प्रथम स्थानको नजिक देखिएका छन भने प्रदेश ३ का कृष्ण बहादुर सुनुवार १६११ अंकका साथ दोश्रो र नेपाली सेनाकै विशाल थापा १६०६ अंकका साथ तेश्रो स्थानमा रहेका छन।

यसैगरि महिला क्रस कन्ट्री इन्डिभिजुअल तर्फ गण्डकी प्रदेशकी त्रिशा वमजन ७७७ अंकका साथ प्रथम, प्रदेश १ की सुष्मिता सुनुवार २८८ अंकका साथ दोश्रो र नेपाली सेनाकी स्वस्ितका गुरुङ २७९ अंकका साथ तेश्रो स्थानमा छन। प्याराग्लाइडिङका खेलाडी तथा अफिसियलहरूलाई खेलमा उत्साह जगाउन राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले आफ्नो तर्फ बाट खाजा प्रवन्ध गरेका थिए। त्यसै गरि उनले प्याराग्लाइडिङ सिक्दै गरेका दुई यूवालाई उनीहरूको खेल बाट प्रभावित भएर नगद ५ हजार समेत प्रदान गरेका छन।

नेपालको खेल इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगितामा समावेश भएको प्याराग्लाइडिङ खेलमा विभागिय टिम नेपाली सेना र ५ प्रदेश गरि कुल ६ टिमका ५९ जना खेलाडीले ६ वटा स्वर्ण पदकका लागि भिडिरहेका छन। एजेन्सी

Related News

सम्बन्धित समाचार

  • मुवाथाइको समर क्याम्प

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । मुवाथाइ खेलको विद्यार्थी लक्षित विशेष प्रशिक्षण शिविर ‘समर क्याम्प’ शनिबार पोखरामा सम्पन्न भएको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय…
  • पोखरा १४ लाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ११, २०८०
    पोखरा । पोखरा वडा १४ ले अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा बिहीबार फाइनलमा वडा १५ लाई…
  • मुवाथाई सिकाइँदै

    आदर्श समाज सम्वाददाता जेठ १०, २०८०
    पोखरा । पोखरामा जारी मुवाथाईको समर क्याम्पमा सहभागीलाई मंगलबार मुवाथाईको सैद्धान्तिक पक्षबारे प्रशिक्षण दिइएको छ । थाइल्याण्डबाट सुरु मार्शल आर्ट…
  • प्रदेशस्तरीय एसइई फुटसल

    आदर्श समाज सम्वाददाता जेठ ८, २०८०
    पोखरा । स्टेप बाई स्टेप माध्यामिक विद्यालयले गण्डकी प्रदेशस्तरीय एसइई फुटसल प्रतियोगिता आयोजना गरेको छ । शनिबार प्रतियोगिता उद्घाटन गर्दै…
  • अरण्यज्योति र पेलिकन्स उपाधि नजिक

    आदर्श समाज सम्वाददाता जेठ ८, २०८०
    पोखरा । आयोजक अरण्यज्योति क्रिकेट क्लब र पेलिकन्स क्रिकेट क्लब लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को फाइनल प्रवेश गरेका छन्…

hero news full width