पोखरा, ८ बैशाख । पद्म नर्सिङ्ग होम प्रा. लि. ले पोखराको नदीपुरमा रहेको आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।
हाल सम्म पोखराको न्यूरोडमा भाडाको घरमा सचालनमा रहेको नर्सिङ्ग होमले आईतबारबाट पोखरा महानगरपालिका वडा नम्वर ३ नदिपुरमा रहेको आफ्नै भवनबाट नियमित सेवाहरु सुरु गरेको हो ।
पद्म नर्सिङ्ग होम प्रा. लि. का संस्थापक अध्यक्ष एवं बरिष्ठ चिकित्सक डाक्टर कुमार शम्सेर राणाले बिरामीको जाँच गरेर नदिपुरबाट नियमित सेवाको सुरुवात गरेका छन्् । पोखराको न्युरोडमा रहेको पद्म नर्सिङ होम विगत एक दशकदेखि बन्द रहको बुद्ध अस्पतालसंग दुई वर्ष पहिले मर्ज भएपछि नर्सिङ होमले आफ्नो स्वामित्वमा आएको साबिकको बुद्ध अस्पतालकै भवनबाट सेवाहरु सुरु गरेको हो । आफ्नै भवनबाट नियमित सेवाहरु सुरु गरेको पद्म नर्सिङ्ग होमले नेपाल सरकारबाट ५० शैयाको स्वकृति लिएर सेवा संचालन गरिरहेको छ ।
नर्सिङ्ग होमका प्रबन्ध निर्देशक डाक्टर यज्ञमान शाक्यले अनुसार तत्काललाई बिशेषज्ञ सहितको नियमित ओपिडि सेवा, प्याथोलोजी (ल्याब), एक्सरे, भिडियो एक्सरे, इसिजी, इन्डोस्कोपी, इको, फार्मेसी लगायतका सेवाहरु सुरु गरिएको छ । नर्सिङ्ग होमका छिट्टै अरु सेवाहरु पनि थप गर्दै लगिने वताइएको छ ।
हस्पिटलमा बालरोग, हाडजोर्नी तथा नसा, मुटुरोग, फिजिसियन, स्त्री तथा प्रसुती रोग, जनरल सर्जन, रेडियोलोजिस्ट, नाक कान घांटी रोग , नेत्ररोग , नशा तथा मनरोग , छाला तथा यौनरोग, न्युरो , क्यान्सर लगायतका बिशेषज्ञ सेवाका नियमित ओपिडि सेवाहरु सुरु भएका छन् ।
अस्पतालले सुबिधा सम्पन्न आइसियु, एनआइसियु, पिआइसियु, अप्रेसन कक्ष, एमआरआइ, सिटिस्क्यान लगाएतका सेवा क्रमश सन्चालन गर्दै जाने लक्ष्य रहेको बतायउको छ ।
पद्य नसिङ्ग होम प्रालिले नदीपुरमा रहेको आफ्नै भवनबाट सेवाहरु सुरु गरेको अवसर पारेर यहि बैशाख १८ गते बुधबार मजदुर दिवसको दिन एक दिने निःशुल्क स्वास्थ्य सेवा सचालन गर्ने भएको छ । पनि जनाएको छ । नर्सिङ होममा हाल ३० जना चिकित्सक सहित करिब १ सय जना कर्मचारीहरु कार्यरत रहेका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
गण्डकीको नीति तथा कार्यक्रम आज
पोखराबाट कांग्रेस नेतृत्वलाई खबरदारी : पार्टीको चाल, चेहरा र चरित्र फेर्न रुपान्तरण अभियान
hero news full width
मुख्य समाचार
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
जेठ २१, २०८०भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
जेठ २१, २०८०ओलम्पियनहरु पोखरामा भेला
जेठ २०, २०८०मध्यपहाडी लोकमार्ग : याम्दी–हरिचोक खण्डमा धुलो हिलोको सास्ती
जेठ २०, २०८०