‘सहमति, सहकार्य र एकताबाटै विकास’

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७६
57343562_2231464723609571_496707981325369344_n_Fotor

पोखरा, ७ वैशाख। नेपाली काँग्रेस केन्द्रिय सदस्य सुजाता कोइरालाले शान्तिप्रक्रिया भंग भए देशमा अर्को माओवादीको उदय हुने बताएकी छिन्।

सहमति, सहकार्य र एकताबाट मात्रै विकास र शान्ति सम्भव हुने भन्दै उनले जनयुद्धपछि भएको शान्ति सम्झौता र त्यसपछिका प्रक्रिया भंग भए देशमा पुनः अर्को माओवादीको जन्म हुने तर्क गरेकी हुन्।

गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवस अवसरमा जीपी कोइराला फाउण्डेसन गण्डकीले पोखरामा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले भनिन्, ‘शान्तिसम्झौतामा गिरिजाबाबुको ठूलो योगदान छ। वहाँकै जोडबलले माओवादी जंगलबाट शान्तिप्रक्रियामा आयो।

राजाले दरबार छोडे। संघीय लोकतान्त्रिक गणतन्त्र वहाँकै योगदानको उपलब्धि हो। काँग्रेसको जगमा उभिएर ओलीजी प्रधानमन्त्री हुनु भो। अब त्यो प्रक्रिया टुट्यो भने के हुन्छ? ’ पछिल्ला वर्षहरुमा काँग्रेसले समाजवाद बिर्सिँदै गएको उनको आरोप छ।

‘अरु पार्टीले समाजवादलाई टिपेर उपलब्धि हात पारे। हामीले छोड्यौं। समाजवाद बिर्सियौं,’ उनले भनिन्, ‘अहिले पैसाको राजनीति चल्छ। पैसामा टिकट किनबेच हुन्छ। यो दुर्भाग्य हो। ’

पार्टी जीवित राख्न युवा समेटेर एजेण्डा तय गर्नुपर्ने उनको सुझाव छ। पूर्व उपप्रधानमन्त्री समेत रहेकी कोइरालाले काँग्रेस पहिले आफूले बोलेको काम पूरा गरेर छोड्ने भएपनि अहिले बोलेका कुरा पूरा गर्न नसकेको बताइन्। ‘पहिले काँग्रेसले जे बोल्यो त्यो पूरा गर्थ्यो। अहिले जे बोल्छ, त्यो गदैर्न,’ उनले थपिन्।

केन्द्रिय सदस्य कमला पन्तले गिरिजाप्रसाद कोइरालाको योगदान देश र जनताले भुल्न नसक्ने बताइन्। कोइरालाकै कारण देशमा गणतन्त्र आएको भन्दै उनले त्यसको रक्षा गर्ने दायित्व काँग्रेसको काँधमा रहेको उनको भनाइ छ।

अर्का केन्द्रिय सदस्य गुरुराज घिमिरेले काँग्रेसले आफ्नो सिद्धान्त र एजेण्डा भुलेर सत्तामा केन्द्रित भएको गुनासो गरे। ‘सत्तामा पुगेपछि देशका लागि काम गर्नुपर्छ। जनताका लागि काम गर्नुपर्छ। कार्यकर्ताको मर्का बुझ्नुपर्छ,’ उनले भने, ‘हाम्रा नेताहरु माथि पुगेपछि सबै भुल्नुहुन्छ। त्यसैले पार्टी कमजोर बनिरहेको छ। ’ सांसद तथा आमन्त्रित केन्द्रिय सदस्य सूर्यबहादुर केसीले काँग्रेसको प्रजातान्त्रिक समाजवाद जनस्तरमा पुर्याउन नसकेको बताए।

पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्की काँग्रेसका पूर्व सभापति शोभियतबहादुर अधिकारी लगायतले पार्टी गुट र उपगुटबाट जोगिन सके आत्तिनुपर्ने अवस्था नरहेको बताए।

केन्द्रिय सदस्य प्रदीप पौडेलले कम्युनिष्ट सरकारले देशमा समृद्धी नआउने टिप्पणी गरे। उनले नेपालमा काँग्रेसको नीतिभित्र कम्युनिष्टले रजाईं गरेको बताए। ‘नेपालमा नीति काँग्रेसको छ। नेतृत्व कम्युनिष्टको छ,’ उनी भन्छन्, ‘भोट हालेर जित्ने सिद्धान्त हाम्रो हो। कम्युनिष्टहरु यही सिद्धान्तबाट सत्तामा पुगेका हुन्। ’ कार्यक्रम गण्डकी प्रदेश संयोजक शारदा पौडेलको अध्यक्षतामा भएको हो।

सोही अवसरमा जीपी कोइराला फाउण्डेसनका विभिन्न जिल्लाहरुको कार्यसममिति गठन र पदस्थापन समेत गराइएको छ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width