कोशकार नेपालको निधन

रासस
वैशाख ८, २०७६
basanta_Fotor

काठमाडौँ, ७ वैशाख। कोशकार एवं साहित्यकार वसन्तकुमार शम्र्मा नेपालको ९७ वर्षको उमेरमा उनकै निवास चावहिल मैँजुबहालमा निधन भएको छ।

विसं १९७९ चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन जन्मेका साहित्यकार नेपाल दुई महिनादेखि निवासमै अचेत अवस्थामा थिए।

पाँच महिनाअघि फोक्सोमा समस्या देखिएको थियो। दुई महिनादेखि परिवारकै सदस्यलाई पनि चिन्न छोडेको उनका माहिला छोरा विनयकुमारले जानकारी दिए। उनी मस्तिष्कघात (ब्रेन स्ट्रोक), अल्सरलगायत रोगबाट पनि पीडित थिए। उनको पार्थिव शरीरलाई शनिबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ। नेपाली भाषामा सबैभन्दा धेरै शब्द सङ्कलन गरिएको उनको ‘नेपाली शब्दसागर’ विसं २०५७ चैत ३० गते प्रकाशन भएको थियो। शब्दसागरमा एक लाख २५ हजार शब्द थिए। विसं २०७० मा ‘नेपाली शब्दसागर’ को दोस्रो संस्करण प्रकाशन गरी एक लाख ४१ हजार शब्द पुर्याइएको थियो।

उनले महाभारतलाई गद्यमा चार खण्डमा अनुवाद गरेका छन्। यसैगरी १ सय ३५ वटा उपनिषद् पनि अनुवाद गरेका छन्। हालसम्म उनका ७६ कृति प्रकाशन भइसकेको जनाइएको छ। एक सय वटा पाण्डुलिपी तयार छन्। उनका श्रीमती, चार छोरा र तीन छोरी छन्।

Related News

सम्बन्धित समाचार

  • पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    कुरिनटार । साँघुरो सडक, गाडीको अत्यधिक चाप अनि बर्खाको बेला पहिरोले पु¥याउने क्षति । मुलुकभरका धेरैजसो सडकको यही दुर्दशाले दिनहुँ…
  • प्रधानसम्पादक बास्तोला सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला राष्ट्रिय नागरिक पत्रकारिता सम्मान–२०७९ द्वारा सम्मानित भएका छन् । काठमाडौंमा शनिबार…
  • बगनासकालीको वार्षिक समीक्षा

    आदर्श समाज सम्वाददाता श्रावण १९, २०७९
    पाल्पा । बगनासकाली गाउँपालिकाको वार्षिक प्रगति समीक्षा कार्यक्रम भएको छ । गाउँपालिकाको नियमित वार्षिक कार्यसूचीअनुसार गाउँसभा सदस्य, कर्मचारी, सञ्चारकर्मीको सहभागितामा…
  • करेन्ट लागेर ससुरा–बुहारीसहित ३ जनाको मृत्यु

    रासस श्रावण १९, २०७९
    राजविराज । सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई…
  • चुनाव मिति आज तोकिने

    आदर्श समाज सम्वाददाता श्रावण १९, २०७९
    पोखरा । प्रदेश तथा प्रतिनिधिसभाको चुनावको मिति कहिले तोकिएला भन्ने चासो बिहीबारदेखि मेटिने भएको छ । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले…

hero news full width