लायन्स आदर्श चौतारीको स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७६
FB_IMG_1555760281355_Fotor

पोखरा, ७ वैशाख। लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले स्याङ्जाको चापाकोट नगरपालिका–४ मा स्वास्थ्य शिविर गरेको छ। शिविरबाट ६ सय जना लाभान्वित भएका छन्।

शिविरमा स्वास्थ्य परीक्षणपछि करिब पाँच लाख बराबरको औषधि वितरण गरिएको थियो। शिविरलाई नमस्ते हस्पिटल प्रालिले बिरौटाले प्राविधिक सहयोग गरेको थियो।

चापाकोट–४ का वडाध्यक्ष विक्रम सारुले शिविर उद्घाटन गरेका थिए। कार्यक्रममा एमजेएफ कमलबहादुर बस्नेत, खड्गकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक लेसबहादुर खाँड लगायत बोलेका थिए।

लायन्स पोखरा आदर्श चौतारीका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक रुकबहादुर गुरुङले स्वागत र सचिव बसन्त कोइरालाले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • गुरुङ ब्युटीपार्लरमा मेहेन्दी मेला

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । गुरुङ ब्युटीपार्लर एवं एकेडेमी, पोखरामा मेहेन्दी मेला सुरु भएको छ । एकेडेमीको न्यूरोडस्थित प्रागंणमा साउनलक्षित मेला ३० असारदेखि…
  • न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

    रासस श्रावण १, २०८१
    काठमाडौं । न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार योजना सार्वजनिक गर्दै न्यायपालिका…
  • गण्डकीका संस्थापक मुख्यमन्त्री बने सञ्चारमन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । ओली नेतृत्वको मन्त्रिमण्डलमा सोमबार सञ्चारमन्त्री नियुक्त पृथ्वीसुव्वा गुरुङ नेपालको संसदीय राजनीतिमा सम्भवतः सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बनेका राजनीतिज्ञ…
  • कास्कीकी विद्या शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै कास्की क्षेत्र २ रिक्त हुन गयो । २०७६ सालको…
  • प्रधानमन्त्रीसहित नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण   

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री र १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री…

hero news full width