स्थानीय तहमा छैन लेखा समिति

रासस
वैशाख ८, २०७६

दमौली, ७ वैशाख। तनहुँको १० स्थानीय तहमध्ये आठ वटा स्थानीय तहमा अझैपनि लेखा समिति गठन हुन सकेको छैन।

स्थानीय तह सभा सञ्चालक ऐनको धारा ३५ को उपधारा १ मा प्रत्येक स्थानीय तहमा लेखा समिति गठन गर्नुपर्ने व्यवस्था भए पनि जिल्लाको ब्यास नगरपालिका र भिमाद नगरपालिकाबाहेक अन्य स्थानीय तहमा लेखा समिति गठन हुन नसकेको हो।

जिल्लाको ब्यास नगरपालिका र भिमाद नगरपालिकाबाहेक अन्य स्थानीय तहमा लेखा समिति गठन हुन सकेको छैन।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ मा गाउँ तथा नगरसभाले आफ्नो कार्यप्रणालीलाई व्यवस्थित गर्न नियमावली बनाइ कुनै सदस्यको संयोजकत्वमा लेखासमिति गठन गर्न सकिने प्रावधान छ।

उक्त ऐनलाई टेकेर गण्डकी प्रदेश सरकारले पनि स्थानीय तहको सभा सञ्चालनसम्बन्धी कार्यविधि बनाएको थियो। ऐनले स्थानीय तहको कार्यपालिकालाई सभाप्रति उत्तरदायी बनाउन, स्थानीय कानून निर्माण प्रक्रियालाई व्यवस्थित बनाउन तथा कार्यपालिकाबाट भएका कारवाहीको अनुगमन र मूल्यांकन गर्न आवश्यक निर्देशन दिनसमेत सक्ने गरी विधेयक समिति, लेखा समिति र सुशासन समिति गठन गर्नसक्ने व्यवस्था गरेको छ। गण्डकी प्रदेशको सार्वजनिक लेखा समितिले प्रत्येक स्थानीय तहमा लेखा समिति गठन गर्न निर्देशन दिइसकेको छ।

स्थानीय तहमा लेखा समिति गठन गनेर्बारे विधेयक पारित भएसँगै लेखा समितिले आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई यसको जिम्मेवारी दिएको छ।

समितिले ऐनअनुसार स्थानीय तहमा लेखा समिति गठन भए/नभएको हेरेर अनिवार्य गठन गराउन कानून मन्त्रालयलाई निर्देशन दिएको थियो। जिल्लाको शुक्लागण्डकी, भानु, देवघाट, आँबुखैरेनी, घिरिङ, रिसिङ, म्याग्दे र बन्दीपुर गाउँपालिकामा अझै पनि लेखा समिति गठन नभएको सम्बन्धित गाउँपालिकाका प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिए।

ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तका अनुसार नगरपालिकामा प्रदेशबाट परिपत्र आउनु अगावै लेखा समिति गठन भइसकेको छ। तनहुँको भिमाद नगरपालिकामा समेत लेखा समिति गठन भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिं थापाले लेखा समिति र अन्य पाँच वटा समिति गठन भइसकेको जानकारी दिए।

नगरपालिकाले आर्थिक विकास समिति, सामाजिक विकास समिति, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति, सुशासन तथा संस्थागत विकास समिति र पूर्वाधार विकास समिति गठन गरेको जनाएको छ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले लेखा समिति गठन बारे बहस भइरहेको जानकारी दिए। उहाँका अनुसार लेखा समिति गठन गर्न परिपत्र भए पनि अहिलेसम्म लेखा समिति गठन भने भएको छैन।

‘गाउँपालिकामा आन्तरिक लेखा हेर्ने संयोजक त पहिल्यै हुनुहुन्छ, तर लेखा समिति नै भनेर गठन भइसकेको छैन। निर्देशन आएमा गठन गनेर्छौँ’ उनले भने। शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवबहादुर अधिकारीले हालसम्म नगरपालिकामा लेखा समिति गठन भइनसकेको जानकारी दिए।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गीरबहादुर थापाले लेखा समिति गठनको विषयमा आफू समेत अनभिज्ञ रहेको बताए। उनले स्थानीय सरकार सञ्चालन ऐनबमोजिम वित्तीय व्यवस्थापन, आर्थिक विकास, पूर्वाधार विकासलगायत समिति भने गठन भइसकेको जानकारी दिए।

उनका अनुसार नगरपालिकामा आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समितिलगायत छ वटा समिति गठन भएको छ। आगामी नगरसभाबाट लेखा समिति गठन गर्ने तयारी भएको उनले जानकारी दिए।

भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले लेखा समिति गठन नभएको र कार्यपालिकाको बैठक बसेर गठन प्रक्रिया अगाडि बढाउने जानकारी दिए।

म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले गाउँपालिकामा लेखा समिति गठन नभएको र अबको गाउँसभाले लेखा समिति गठन गर्ने बताए। उनले भने, “लेखा समिति गठनको कार्यविधि टुङ्गो नलागेको हुनाले गठनमा ढिलाइ भएको हो। प्रदेशबाट समेत लेखा समिति गठनका लागि परिपत्र भइसकेको छ। उनका अनुसार गाउँपालिकामा अन्य छ वटा समिति भने गठन भइसकेको छ। ”

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गीरबहादुर थापाले लेखा समिति गठनको विषयमा आफू समेत अनभिज्ञ रहेको बताए। उनले स्थानीय सरकार सञ्चालन ऐनबमोजिम वित्तीय व्यवस्थापन, आर्थिक विकास, पूर्वाधार विकासलगायत समिति भने गठन भइसकेको जानकारी दिए।

रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले लेखा समिति गठनका लागि प्रदेशबाट परिपत्र भए पनि हालसम्म समिति गठन नभएको जानकारी दिए। उनले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत आइनपुगेकाले बैठक बस्न नपाएको र कार्यपालिकाको बैठक राखेर लेखा समिति गठनको प्रक्रिया अगाडि बढाउने जानकारी दिए। देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीका अनुसार गाउँपालिकामा समेत लेखा समिति गठनको लागि परिपत्र आइसकेको छ भने समिति गठनको काम अगाडि बढाइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width