गरीबको पहिचान स्वीकार्य छैन

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७६
jit 4 (2)

बुटवल, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँको गरिव देश भन्ने पहिचान स्विकार्य नहुने बताएका छन ।

सरकारको ध्यान शान्ति, सुव्यावस्था र बिकासमा केन्द्रित रहेको भन्दै ओलीले अब मुलुकले बिकासको बाटो समात्ने दावी गरे । त्यसकालागि सबै आधारहरु तयार हुदै गएको उनले बताए । नेपाली सेनाले बृटिश सेनालाई पराजित गरी बिजय प्राप्त गरेको खुशियालीमा आयोजित जितगढी बिजय उत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलील सबै पेशाकर्मीका समस्यातर्फ सरकारको ध्यान रहेको बताउदै सबैका समस्या संगसंगै समाधानको बाटोमा सरकार अगाडि बढेको बताए ।

प्रधानमन्त्री ओलीले केही समूह देश टुक्राउन उद्धत रहेको भन्दै जनतालाई सचेत हुन आग्रह समेत गरे । “दुनिया एकातिर छ, केही मान्छे अहिले उपद्रो गर्दै छन” उनले भने “पुग्ने कहा हो ? गर्ने के हो ? खोजेको के हो ? थाहा छैन तर केही न केही उपद्रो गर्न खोज्दैछन, त्यस्तासंग सचेत हुन आबश्यक छ” ।

प्रधानमन्त्री ओलीले दक्षिणको लोभकामा परेर ज्योतिषहरुले बदमासि गरेको आरोप लगाए ।”केही समुहहरु जनता भाड्काउन नसकेर ज्योतिषलाई उचाल्न थालेको छन,” उनले भने “दक्षिणको लोेभमा वदमास काम नगर्न ज्योतिषहरुलाई म आग्रह गर्दछु ।” उनले संबिधान बिरोधी क्रियाकलाप गर्न कसैलाई छुट नहुन भन्दै संबिधान बिपरितको बाटोमा नलाग्न आग्रह गरेका छन ।

प्रधानमन्त्री ओलीले देश भरका गढी र किल्लाको सरकारले संरक्षणमा गर्ने बताए । जितगढी किल्लाको रक्षा गर्नु देशको रक्षा गर्नु भएको भन्दै उनले यहाको अतिक्रमित जमिनलाई पुरानै अबस्थामा कसरी ल्याउने सरकारले भन्ने बारे सरकारले काम गर्ने बिश्वास व्यक्त गरे । हाम्रो रक्षाका लागि तिनाउको किनारामा ज्यान दिने सिपाइलाई सलाम ठोक्नुपर्ने भन्दै उनले वीर पुर्खाका सन्तति हौ भन्ने हामी बिर्सन नहुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन युद्धको नेतृत्व गर्ने कर्णेल उजीर सिंह थापाको पूर्णकदको शालीकको अनावरण गरेका छन । साथै ओलीले त्यही नजिकै राखिएको बिशाल राष्टिय झण्डाको झण्डोलोत्तन समेत गरेका छन ।

वि.सं १८७२ मा नेपाल र अंग्रेजबीच युद्ध हुँदा कर्णेल थापाको नेतृत्वको नेपाली फौज बुटवलको जीतगढी किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो ।

उत्सवका अवसरमा आज बिहान बुटवलमा झाकि सहितको बृहत्त र्याली निकालिएको थियो । बुटवल उपमहानगरपालिको कार्यालय परिसरबाट सुरु भएको रयाली उपमहानगरका बिभिन्न स्थानको परिक्रमा पश्चात जीतगढीमा पुगेर बिशेष समारोहमा परिणत भएको थियो । जम्वो टोलीसहित हेलिकप्टरमा बुटवल आईपुगेका प्रधानमन्त्री ओली नवलपरासीतर्फ लागेका छन् ।

ओलीलाई बुटवलमा कालोझण्डा

बुटवल ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा एक युवाले कालोझण्डा देखाएका छन् ।

बुटवलको जीतगढी विजय महोत्सव मा सहभागि हुन आएका प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहँदा स्थानयिन युवा रुद्रप्रसाद घिमिरेलाई कालोझण्डा देखाएका हुन् । देश विखण्डनको दिशातर्फ लगेको तथा भ्रष्टाचार बढाएको भन्दै घिमिरेले विरोध जनाएका हुन् । उनले कडा सुरक्षा घेरा तोडेर मच्मा पुगी कालो झण्डा निकालेका थिए । उनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो ।

शुरुमा कालोझण्डा देखेपनि कसैले नरोकेपछि प्रधानमन्त्री आफैले मच्चवाट कालोझण्डा देखाईरहेको छ, तपाई के हेनर्् भएको छ भनेका थिए । घिमिरे यस अघि पनि स्वतन्त्ररुपमा प्रतिनिधि सभामा उमेदवार बनेका थिए । उनको स्थायी घर अर्घाखाची हो । बुटवलमा दुध व्यवसाय संचालन गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेशम चौधरीसहित ५०१ लाई आम माफी

    आदर्श समाज सम्वाददाता जेठ १४, २०८०
    काठमाडौं । रेशम चौधरीसहित ५ सय १ जनाको बाँकी सजाय माफी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा…
  • गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते

    विजय नेपाल जेठ १४, २०८०
    पोखरा । यस वर्षको बर्खा सुरु हुन लागिसकेको छ । बर्खा सुरु हुन लाग्दा मौषमजन्य घटनाको जोखिम पनि उत्तिकै हुने…
  • प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । प्रदेश सरकारले पहिलो ५ वर्ष पूरा गरेको छ । अहिले दोस्रो कार्यकाल चलिरहेको छ । सरकार बजेट निर्माणमा…
  • फल इन लभ नै किन ?

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पाेखरा । सारा संसार प्रेमको कुरा गर्छ । प्रेम चाहन्छ । प्रेममा रमाउँछ । सबैभन्दा आनन्द प्रेममा छ । ‘म…
  • नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखरा च्याप्टरको अध्यक्षमा निरन केसी निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनले केसीको…

hero news full width