बागलुङ, ७ बैशाख । गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले बागलुङको लहरे पिपल माविले बस सेवा संचालनमा ल्याएको छ ।
उक्त विद्यालयले संचालनमा ल्याएको बस सेवाको शनिवार बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले शुभारम्भ गरेका छन् । उक्त बस सेवाको शुभारम्भ पौडेलले सामुदायिक विद्यालयको शिक्षा आवरणमा मात्रै सुधार नभई शैक्षिक सुधारमा ध्यान दिनु पर्नेमा जोड दिए ।
आफ्नो गाउँ ठाउँको सामुदायिक बिद्यालय सुधार गर्ने नयाँ अभियानमा लाग्न सकेमात्र शैक्षिक सुधार हुने मेयर पौडेलको भनाई छ । शिक्षाको गुणस्तरमा सुधार ल्याउने भनेकै कारण बस खरिद गर्न नगरपालिकाले आर्थिक सहयोग गरेको अब बिद्यालयले गर्ने प्रगतिको आधारमा सहयोग गर्ने बताए ।
कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष खेमराज सापकोटा वडा नम्बर ९ का वडा अध्यक्ष गणेश थापा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी शिक्षा इकाई समन्वय समितिका प्रमुख कुश्मराज उपाध्याय लगायतका बक्ताहरूले राज्यको करोडौं रूपैयाँ लगानी रहेको सामुदायिक बिद्यालय एकपछि अर्को बन्द हुदै जानुको कारण खोजेर भएकाले अब सामुदायिक शिक्षाको सुधारमा लाग्नु पर्नेमा जोड दिए ।
बागलुङ नगरपालिकाको आर्थिक सहयोग १९ लाख र अभिभावकको सहयोगमा स्कुल बस सेवा शुरू गरेको बिद्यालयले जनाएको छ ।बस सेवा संचालन गरेपछि बागलुङ नगरपालिका वडा नम्बर ६ का बालबालिकाहरू बिद्यालयसम्म आउन सहज हुनेछ ।कार्यक्रममा चन्दा दाता शिव प्रसाद सापकोटा लाई सम्मान गरिएको थियो ।
बागलुङ जिल्लामा रहेका निजी बिद्यालयहरूले स्कुल बस संचालन गरी घर घर बाट बिद्यार्थी लैजान थालेपछि त्यो अभियानलाई रोक्न सामुदायिक बिद्यालयले बस सेवा सुरूवात गरेको हुन् । लहरेपिपल माध्यमिक बिद्यालय बागलुङ जिल्लामा स्कुल बस सेवा संचालन गर्ने पहिलो सामुदायिक बिद्यालय बनेको छ । कक्षा नर्सरी देखि १० सम्म संचालन हुने यश बिद्यालयमा हाल २५८ जना बिद्यार्थी अध्ययनरत छन् ।
Related News
सम्बन्धित समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
स्याङ्जामा कर्मचारीको धर्ना
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
hero news full width
मुख्य समाचार
पोखरामा मनाइयो विश्व आदिवासी दिवस
किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९चुनाव घोषणापछि एमाले सक्रिय : वर्षदिन अघि सरकार बन्यो, अहिले पो विरोध ?
श्रावण २३, २०७९