काठमाडौैँ, ७ वैशाख । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तुल्याउन योगदान गरेबापत कलाकार श्रेष्ठलाई सम्मानपत्रसहित रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
त्यसैगरी हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई अझ स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकासका खातिर काम गरेको भन्दै कलाकार एवं हास्यव्यङ्ग्यकार हरिवंश आचार्यलाई सम्मानपत्रसहित रु ५० हजार राशिको ‘मानश्री पुरस्कार’ प्रदान गर्ने भएको छ । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा। दुबसु क्षेत्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।
Related News
सम्बन्धित समाचार
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ
नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन
विस्मृतिमा अन्नपूर्ण प्रथम हिमाल
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०गण्डकीको नीति तथा कार्यक्रम आज
जेठ २१, २०८०भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
जेठ २१, २०८०