काठमाडौँ, ६ वैशाख । बलिउडमा चर्चित नेपाली नायिका मनीषा कोइरालाले सर्वोच्च शिखर सगरमाथाको आधार शिविर ‘एभरेष्ट बेसक्याम्प’ विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य भएको बताएकी छन् ।
बेस क्याम्पसम्मको पदयात्रा सकेर फर्किएकी नायिका कोइरालाले बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा यात्राको अनुभव सुनाउँदै आफ्नो बालापनको इच्छा पूरा भएको बताइन् ।
क्यान्सर निको भएपछि यात्रामा निस्किएकी नायिका मनीषाले अब अन्नपूर्ण र मनास्लु क्षेत्रमा पदयात्रा जाने इच्छा रहेको कुरा सुनाइन् । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नायिका कोइराला पदयात्रामा गएकी थिइन् । उनले एभरेष्ट बेस क्याम्पको वृत्तचित्रसमेत निर्माण गर्ने जानकारी दिइन ।
उक्त वृत्तचित्रले बेस क्याम्पको सुन्दरता विश्वभर पुग्ने र नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । नायिका कोइरालाले बेस क्याम्प क्षेत्रका शेर्पा समुदायको जीवनस्तर सुधारमा राज्यले विशेष चासो राख्नुपर्ने खाँचो औँल्याइन् । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ‘सेलीब्रेटी’को एभरेष्ट वेसक्याम्प पदयात्राले पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९