पोखरा, ५ वैशाख। साभ नेपाल नामक संस्थाले पोखरा–११, फूलबारीमा रहेको शिवशक्ति माविमा ‘विद्यालय रुपान्तरणमा प्रधानाध्यापक र शिक्षकको भूमिका’ विषयक अभिमुखीकरण कार्यक्रम गरेको छ।
विद्यालय प्रधानाध्यापक शम्भु बास्तोला सहित २५ जना शिक्षक शिक्षिका सहभागी रहेको उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक किशोरदत्त बरालले विद्यालय प्रधानाध्यापक र शिक्षकहरूको रुपान्तरण, जीवनोपयोगी अथवा सफलताको सीपको विकास, सकारात्मक सोच लगायत विषयमा प्रशिक्षण दिए।
त्यसैगरी साभ नेपालका अध्यक्ष तुलसी प्रवासले शिक्षक हुनुको गौरव विषयमा प्रशिक्षण दिए। सो संस्थाले शिक्षाक्षेत्रसँग सम्बन्धित समस्या, नेतृत्व क्षमताको विकास, शिक्षकहरूमा विषयगत शिक्षण सीपको विकास आदिका लागि सशक्त तालिम सामग्रीहरू पनि उत्पादन गरिरहेको र हाललाई आफ्नो सचेतनामूलक कामको थालनी नेतृत्व विकास, बालमनोवैज्ञानिक समस्या र अभिभावकहरूको अपेक्षित भूमिका लगायतका विषयमा देशभरि नै विभिन्न तालिम तथा सेमिनार मार्फत गर्दै आएको छ।
शिक्षा क्षेत्रका विकृति झ्याङ्गिँदै गएका सामाजिक समस्या, हाम्रो मौलिक संस्कृतिले भोग्नुपरेको अस्तित्वको संकट, प्रतिकूल बन्दै गएको पर्यावरण, हाम्रा नानीबाबुहरूले झेलिरहेको मनोवैज्ञानिक समस्या र अभिभावकको अपेक्षित भूमिका, बिग्रँदो युवापुस्ता लगायत विषयसँग सामाजिक सचेतना अभिवृद्धि गरी आफूसक्दो टेवा पुर्याउने संस्थाको उद्देश्य रहेको जनाइएको छ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९