लमजुङ, ५ वैशाख। कृषक प्रोत्साहन गर्ने उद्देश्यले जिल्लामा संकलन केन्द्र र हाटबजारको प्रबन्ध गरिएको छ। मस्र्याङ्दी बहुद्देश्यीय कृषि सहकारी संस्था लि.ले सो कार्य गरेको हो।
जिल्लाको उत्तरी क्षेत्रमा खुदी बजारमा स्थानीय क्षेत्रमा कृषकले उत्पादनलाई लक्षित गरी कृषि उपजहरूको संकलन केन्द्र तथा हाटबजार शुरु गरेपछि स्थानीय किसानहरू हर्षित भएका हुन्। संकलन केन्द्र तथा हाटबजारमा गाउँपालिकाका किसानहरूले आफ्ना कृषि उपजहरू संकलन, खरिद र बिक्री गर्न थालेका छन्।
गाउँघरमा पाइने तथा किसानले आफ्नो खेतबारीमा फलाइका विभिन्न खाद्य वस्तुहरू हरियो तरकारी, कर्कलो, गुन्द्रुक, सिस्नो, हस्तकलाका सामग्री दैलोमै बिक्री गर्न पाउँदा मस्र्याङ्दी गाउँपालिकाका किसानहरू खुसी छन्।
किसानका लागि आफूले उत्पादन गरेका वस्तुको बजार अभाव नै प्रमुख समस्याका रूपमा रहेको छ। त्यसको सुनिश्चितताले गाउँपालिकाकै कायापलट गर्न सकिन्छ भन्ने उदाहरण दिन संकलन केन्द्र तथा हाटबजार सञ्चालन गरिएको सहकारीका अध्यक्ष वीरेन्द्र भण्डारीले बताए। उनका अनुसार घरगाउँमै उत्पादन गरेको तरकारीले बजार र उचित मूल्य पाउँदा किसानहरू निकै उत्साहित भएका छन्। मस्र्याङ्दी गाउँपालिका– ९ का किसान मनबहादुर खत्रीले संकलन केन्द्र सहितको हाटबजारको व्यवस्थाले अब किसानलाई सहज भएको बताए।
केन्द्र सञ्चालनमा आएपछि किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको बजार सुनिश्चित भएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए।
संकलन केन्द्रमा किसानले उत्पादन गरेका हरियो तरकारी, खुर्सानीका अतिरिक्त बनमा पाइने कुरिलो, निउरोका साथ घरमा पालिकाएका खसीबोका, लोकल कुखुरा, हस्तकलका सामग्रीहरू डोका, दाम्ला, नाम्ला, झोला, स्याखु, राडीपाखी, ऊनका कपडा, बख्खु लगायत संकलन, खरिद तथा बिक्री गरिने सहकारी अध्यक्ष भण्डारीले जानकारी दिए।
संकलन केन्द्रमा कृषि उत्पादनको दैनिक संकलन गर्ने ब्यवस्था मिलाइएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए। उनका अनुसार संकलन केन्द्रको भवन निर्माण तथा हाटबजार सञ्चालनका मस्र्याङ्दी गाउँपालिकाले १४ लाख रुपैयाँ सहयोग गरेको छ। त्यसैबाट बिक्री कक्षमा फर्निसिङको पनि व्यवस्था भएको छ। सो सहकारीमा गाउँपालिका भित्रका सबै नागरिकहरूलाई सेयर सदस्य बनाएर अघि बढ्ने योजना बनाइएको उपाध्यक्ष विकले जानकारी दिए।
मस्र्याङ्दी कृषि फार्मका सञ्चालक सुदीप अधिकारीले खुसी हुँदै भने, ‘कृषि तथा पशुजन्य उत्पादनले बजार नपाउँदा समस्या थियो। उत्पादित उपज कहाँ लगेर बेचौँ? अब सो चिन्ता हट्यो। ’
Related News
सम्बन्धित समाचार
सहकारी ठग्नेलाई कारबाही हुन्छ : मन्त्री जिसी
पोखरामा सिन्धुली उवा संघको प्रतिनिधिमण्डल
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड बढ्यो
hero news full width
मुख्य समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
जेठ १५, २०८०गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०